images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • आधारभूत शेयरधनीलाई ५% वा बढी सेयर...

आधारभूत शेयरधनीलाई ५% वा बढी सेयर बिक्रीअघि १५ दिनको पूर्वजानकारी अनिवार्य

आधारभूत शेयरधनीलाई ५% वा बढी सेयर बिक्रीअघि १५ दिनको पूर्वजानकारी अनिवार्य

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीहरूलाई आधारभूत शेयरधनीले सेयर बिक्री गर्दा पूर्वजानकारी गराउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। बोर्डले कुनै आधारभूत शेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो।सेबोनको नियमन विभागले २०८३/०५/०९ गते जारी गरेको पत्रमार्फत नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत सम्पूर्ण कम्पनीहरूलाई उक्त निर्देशन दिएको हो। बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै निर्देशन जारी गरेको जनाएको छ।

    images
    images

    ५ प्रतिशत वा बढी सेयर बिक्रीको पूर्वजानकारी दिनुपर्ने

    निर्देशनअनुसार कुनै सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ।सम्बन्धित कम्पनीले प्राप्त गरेको उक्त सूचना नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउनुपर्ने सेबोनले निर्देशन दिएको छ।बोर्डले यस्तो सूचनाको वैधता तीन महिनासम्म कायम रहने व्यवस्था पनि गरेको छ। अर्थात् आधारभूत शेयरधनीले सेयर बिक्री गर्ने जानकारी गराएपछि सार्वजनिक गरिएको सूचना तीन महिनाको अवधिसम्म मान्य रहनेछ।

    images
    images

    प्रतिबन्धित सेयरबारे सीडीएससीलाई जानकारी गराउनुपर्ने

    सेबोनले सूचीकृत संगठित संस्थाहरूलाई धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) बमोजिम खरिद–बिक्री, हस्तान्तरण वा अन्य कारोबार गर्न मिल्ने वा नमिल्ने धितोपत्रसम्बन्धी आवश्यक व्यवस्था गर्न केन्द्रीय निक्षेप संस्था (सीडीएससी) लाई जानकारी गराउन पनि भनेको छ।बोर्डले उक्त विषयमा नियमावलीको नियम ३९ को उपनियम (२) बमोजिम केन्द्रीय निक्षेप संस्थामा आवश्यक व्यवस्था गर्नुपर्ने जनाएको छ।

    Screenshot 2026-08-26 083942

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend