काठमाडौँ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको हो ।
कम्पनीले १४ औँ वार्षिक साधारणसभाबाट पारित १५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीका आधारमा हकप्रद सेयर निष्कासनको पूर्वस्वीकृतिका लागि आयोगसमक्ष निवेदन दिएको थियो । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५७ करोड ५० लाख रुपैयाँ कायम भएको छ । सोही चुक्ता पुँजीको १ः१ अनुपातमा कम्पनीले ५७ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।हकप्रद सेयर निष्कासनबाट कम्पनीले थप ५७ करोड ५० लाख रुपैयाँ पुँजी जुटाउनेछ । कम्पनीका अनुसार विद्युत नियमन आयोगले भदौ ८ गते च.नं. १४० को पत्रमार्फत केही संशोधनसहित हकप्रद सेयर निष्कासनको पूर्वस्वीकृति प्रदान गरेको हो । आयोगबाट प्राप्त पत्रअनुसार आवश्यक प्रक्रिया अघि बढाउँदै हकप्रद सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ ।




.gif)



