images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • सेबोनले ऋणपत्र बजार व्यवस्थित गर्न नयाँ...

सेबोनले ऋणपत्र बजार व्यवस्थित गर्न नयाँ नियमावलीको मस्यौदा सार्वजनिक

सेबोनले ऋणपत्र बजार व्यवस्थित गर्न नयाँ नियमावलीको मस्यौदा सार्वजनिक

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ऋणपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन ‘ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले मस्यौदामाथि सरोकारवाला पक्षबाट राय तथा सुझाव मागेको हो ।नेपालको पूँजी बजारलाई अहिलेको इक्विटीमा केन्द्रित बजारबाट विभिन्न वित्तीय उत्पादन उपलब्ध हुने बहुउत्पादनयुक्त पूँजी बजारका रूपमा विकास गर्ने लक्ष्यअनुसार नियमावलीको मस्यौदा तयार गरिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थासँगै योग्य अन्य संगठित संस्थालाई समेत ऋणपत्र जारी गरेर दीर्घकालीन वित्तीय स्रोत जुटाउन सहज बनाउनेछ। यसबाट संस्थागत ऋणपत्र बजार विस्तार हुनुका साथै बजारको गहिराइ, तरलता र जोखिम व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।

    images
    images

    ऋणपत्र बजारलाई थप विविधिकृत र प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत ध्यानमा राखेर दर्ता तथा निष्काशनसम्बन्धी व्यवस्थालाई समयानुकूल बनाइएको बोर्डले जनाएको छ । मस्यौदा बोर्डको कानून प्रवलीकरण समितिमा समेत छलफल गरी आवश्यक परिमार्जनसहित तयार गरिएको हो । अब सरोकारवाला पक्षबाट प्राप्त सुझावका आधारमा मस्यौदालाई अन्तिम रूप दिइनेछ ।बोर्डले मस्यौदामाथि कुनै राय, सुझाव वा प्रतिक्रिया भए सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बोर्डको इमेलमा पठाउन आग्रह गरेको छ । नयाँ नियमावली कार्यान्वयनमा आएपछि नेपालमा बैंक तथा वित्तीय संस्थाबाहेक अन्य योग्य संस्थाले समेत ऋणपत्रमार्फत दीर्घकालीन पूँजी जुटाउन सक्ने भएकाले ऋणपत्र बजार विस्तार हुने बोर्डले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend