images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • बागलुङमा छाडा कुकुर व्यवस्थापन गर्न ‘डग...

बागलुङमा छाडा कुकुर व्यवस्थापन गर्न ‘डग होस्टेल’ सञ्चालन

बागलुङमा छाडा कुकुर व्यवस्थापन गर्न ‘डग होस्टेल’ सञ्चालन

images
images
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • बागलुङ । बजारका गल्ली–गल्लीमा बेवारिसे तथा छाडा कुकुरको बिगबिगी छ । यही समस्या समाधान गर्न बागलुङमा ‘डग होस्टेल’ बनाइएको छ । सडकमा छोडिएका कुकुरबाट हुने जोखिम र रेबिजलगायत रोग नियन्त्रण गर्न होस्टेल सञ्चालन गरिएको हो । बागलुङ नगरपालिका–३ सिम्लेस्थित होस्टेलमा ३० वटा कुकुर छन् ।गत असारदेखि सञ्चालनमा ल्याइएको यो होस्टलमा बागलुङ बजारका सडक, चोक र गल्लीमा भेटिएका कुकुर राखिएको छ । रोगी र अशक्त कुकुरको उद्धार गरि होस्टेलमा उपचारसमेत हुन्छ । नगर प्रहरीको सहयोगमा पशु विकास शाखाले छाडा कुकुरलाई खोप लगाउने र समातेर होस्टेल पठाउँछ । 

    images
    images

    होस्टेलमा ५० वटासम्म कुकुर राख्न सक्ने क्षमता छ । कुकुरको रेखदेखका लागि नगरपालिकाले होस्टलमा एक जना कर्मचारी खटाएको छ । कुकुरलाई बिहानमा प्रायः मासु–भात दिइन्छ । साँझ दूध र भात दिइन्छ । पाँच रोपनी क्षेत्रफलमा गण्डकी प्रदेश सरकारको ६५ लाख र नगरपालिकाको ३५ लाख रुपैयाँ लगानीमा होस्टेल निर्माण गरिएको थियो ।नगरपालिकाले घरघरमा पालिएका र सडकका कुकुरलाई रेबिजविरुद्धको खोपसमेत दिएको छ । कुकुरका लागि चाहिने सबैखाले औषधि पनि नगरपालिकाले निःशुल्क दिन्छ । घरमा पालिएका कुकुर अनिवार्य दर्ता गर्नुपर्ने प्रावधानसमेत नगरपालिकाले बनाएको छ । दर्ता गर्दा दुई सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।दर्ता गरिएका कुकुरलाई पालिकाले खोप र औषधि सेवा निःशुल्क दिन्छ । मृत्यु भएमा शव व्यवस्थापन पनि नगरपालिकाले नै गर्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend