images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • एसियन स्मार्ट एग्रोमा बजार व्यवस्थापकका लागि...

एसियन स्मार्ट एग्रोमा बजार व्यवस्थापकका लागि आवेदन खुला

एसियन स्मार्ट एग्रोमा बजार व्यवस्थापकका लागि आवेदन खुला

images
images
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौँ । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडले ललितपुरको इमाडोलमा सञ्चालनमा रहेको कृषि बजारका लागि बजार व्यवस्थापक नियुक्त गर्न आवेदन खुलाएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको सूचनामार्फत एक जना बजार व्यवस्थापक आवश्यक रहेको जनाएको हो ।उक्त पदमा कृषि बजार, तरकारी बजार वा व्यापारिक क्षेत्रमा काम गरेको अनुभव भएका १८ वर्ष पूरा भई ४५ वर्ष नकटेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । काठमाडौं उपत्यकाभित्रका कृषि बजारको सञ्चालन तथा व्यवस्थापनमा अनुभव भएका उम्मेदवारलाई कम्पनीले प्राथमिकता दिने जनाएको छ । नियुक्त हुने कर्मचारीले बजारका स्टल भाडामा लगाउनेदेखि दैनिक सञ्चालनको जिम्मेवारी सम्हाल्नुपर्नेछ । त्यस्तै, थोक तथा खुद्रा कारोबारको व्यवस्थापन गर्नुका साथै कृषक, उत्पादक र स्थानीय तहसँग आवश्यक समन्वय गर्नुपर्नेछ ।

    images
    images

    बजार व्यवस्थापकको सेवा तथा सुविधा कम्पनीको प्रचलित नियमअनुसार निर्धारण हुने बताइएको छ । उम्मेदवार छनोट अन्तर्वार्ताका आधारमा गरिनेछ । आवेदन दिन इच्छुकले सूचना जारी भएको १५ दिनभित्र बायोडाटा, पछिल्लो फोटो, नेपाली नागरिकताको प्रतिलिपि तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित आवेदन बुझाउनुपर्नेछ ।आवेदन इमेलमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ । त्यसका लागि asiansmartagro@gmail.com वा info@asiansmartagro.com मा आवश्यक कागजात पठाउन सकिनेछ । इच्छुकले इमाडोलस्थित कृषि बजारमै उपस्थित भएर पनि आवेदन बुझाउन सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend