images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • अपि पावरको नाफा १३० प्रतिशतले बढ्यो,...

अपि पावरको नाफा १३० प्रतिशतले बढ्यो, खुद नाफा ९६ करोड नाघ्यो

अपि पावरको नाफा १३० प्रतिशतले बढ्यो, खुद नाफा ९६ करोड नाघ्यो

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको नाफामा उच्च वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा १३० प्रतिशतले नाफा बढेको हो । वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ९६ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३०.०६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४१ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    images
    images

    विद्युत बिक्री आम्दानी सामान्य बढेपनि वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७.०६ प्रतिशत बढेको छ । कम्पनीको विद्युत बिक्रीको आम्दानी १ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा यस्तो आम्दानी १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीको संचालन मुनाफा ९० करोड ८७ लाखबाट बढेर १ अर्ब ८ करोड पुगेको छ । कम्पनीको ब्याज खर्च ५७ करोड ७ लाखबाट घटेर ४३ करोड ३० लाख कायम भएको छ । कम्पनीको प्रशासनिक खर्च ४ करोड ८८ लाखबाट घटेर ३ करोड ८ लाखमा सिमित भएको छ । कम्पनीले गरेको लगानीको भ्यालुएसन १२ करोड १७ लाखबाट बढेर ४७ करोड ४१ लाख पुगेको छ । 

    नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ १९ पैसा बढेर १५ रुपैयाँ ६ पैसा पुगेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ५१ पैसा रहेको छ । ६ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend