images

२०८३ आश्विन २० गते

images
images
images

सातामा दुई भाग ‘सकस’ ल्याउँदै राजु मास्टर

सातामा दुई भाग ‘सकस’ ल्याउँदै राजु मास्टर

images
images
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौंः पछिल्लो समयको हिट मध्ये एक सिरियल ‘सकस’ हप्तामा दुई भाग प्रसारण हुने भएको छ । युट्युबमा दर्शकबाट राम्रो साथ पाएको यो सिरियल शनिबार प्रसारण हुँदै आएको छ ।

    images
    images

    अहिलेसम्म यस सिरियलको ५१ भाग प्रसारण भइसकेको छ । आगामी शनिबार यस सिरियल प्रसारणको वर्ष दिन पुग्दैछ अर्थात ५२औँ भाग प्रसारण हुनेछ ।

    आगामी साता देखि सातामा दुई भाग प्रसारण गर्ने योजनामा सिरियलका निर्देशक तथा लेखक राजु पौडेल ‘राजु मास्टर’ छन् । अबदेखि उक्त सिरियल दर्शकले मंगलबार र शनिबार हेर्न पाउने छन् ।

    images
    images

    उनी भन्छन्, ‘५२ औं भाग मंगलबार प्रसारण हुन्छ । ५४ औं भाग शनिबार प्रसारण हुन्छ । दर्शकले हरेक साता दुई नयाँ भाग हेर्न पाउनुहुन्छ ।’

    दर्शकको माग अनुसार सातामा दुई भाग प्रसारण गर्ने योजनामा पुगेको निर्देशक पौडेल बताउँछन् । उनी थप्छन्, ‘३५ मिनेट हेर्न हामीले एक साता कुर्नुपर्ने, सातामा दुई पटक सिरियल चाहियो भन्ने माग दर्शकले गरेकाले यो निर्णय भएको हो ।’

    दर्शकको मागकै कारण नयाँ सिरियलको काम स्थगन गरि सातामा दुई पटक ‘सकस’ ल्याउने तयारीमा जुटेको उनी बताउँछन् ।

    यस सिरियलमा पौडेल सहित तारा केसी, श्रीप्रसाद थापा, विनोद श्रेष्ठ, मुकेश हमाल, अन्जु निरौला, कमला रेग्मी, अमृत श्रेष्ठ, कृष्ण रेग्मी, राजु कार्की, लक्ष्मण चौलागाईं लगायतको अभिनय छ ।

    यो सिरियल हिमालय टेलिभिजन र युट्युबमा ‘मास्टर टीभी’मा प्रसारण हुँदै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend