images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • विश्व बजारमा व्यापार विस्तार गर्दै ...

विश्व बजारमा व्यापार विस्तार गर्दै बीवाईडी, एकै महिनामा ५ लाख युनिट बिक्री

विश्व बजारमा व्यापार विस्तार गर्दै बीवाईडी, एकै महिनामा ५ लाख युनिट बिक्री

images
images
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौं ।विश्व बजारमा आक्रामक व्यापार विस्तार गर्दै गरेको बीवाईडीले एकै महिनामा ५ लाख युनिट गाडीहरू बिक्री गरेको छ ।चिनियाँ विद्युतीय गाडी ब्रान्ड बीवाईडीले विश्वभर अक्टोबरमा मात्रै ५ लाख २ हजार ७५७ युनिट कारहरू बिक्री गरेको हो ।​

    images
    images

    जबकि सन् २०२३ को अक्टोबरमा बीवाईडीले ३ लाख १ हजार ९५ युनिट कारहरू बिक्री गरेको थियो । सन् २०२३ भरि नै कम्पनीले ३० लाख २४ हजार ४१७ युनिट गाडी बिक्री गरेको थियो ।बीवाईडीले सन् २०२२ मा  १८ लाख ६३ हजार ४९४ युनिट गाडी बिक्री गरेको थियो । हरेक वर्ष बीवाईडीले आफ्नो व्यापारलाई विश्वभर बढाउँदै लगेको छ ।

    विश्व ईभी बजारमा शीर्ष स्थान बनाउन सफल बीवाईडीले आफ्नो व्यापार ६६ प्रतिशत बढाएको छ । एडभान्स, लक्जरी तथा स्मार्ट कारहरूको उत्पादनले बीवाईडीलाई विश्व बजारमा पहिले स्थानमा काम राख्न सफल भएको कम्पनीको दाबी छ ।​​नवीकरणीय ऊर्जामा आधारित गाडी (न्यु इनर्जी भेहिकल) बनाउने बीवाईडी सन् १९९५ स्थापना भएको चिनियाँ कम्पनी हो ।

    images
    images

    जापानबाट चीनमा आयात हुने ब्याट्रीहरूलाई विस्थापित गर्न प्रतिस्पर्धी बनेर आएको बीवाईडीले सन् २०२२ अप्रिलबाट कम्बस्टन इन्जिन गाडीहरूको उत्पादन बन्द गरेर विद्युतीय गाडी मात्रै बनाउन शुरू गरेको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend