images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • सरकारको सर्त स्वीकारेर नेपालमा दर्ता भयो...

सरकारको सर्त स्वीकारेर नेपालमा दर्ता भयो टिकटक

सरकारको सर्त स्वीकारेर नेपालमा दर्ता भयो टिकटक

images
images
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका बमोजिम आधिकारिक रूपमा टिकटक दर्ता भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार तिहार अघि नै दर्ता भएको भए पनि मंगलबार मात्रै टिकटकको माउ कम्पनी  चिनियाँ माउ कम्पनी बाइटड्यान्सलाई दर्ता भएको पत्र उपलब्ध गराइएको हो ।  

    images
    images

    डिजिटल लिटरेसीमा सहयोग गर्ने तथा पर्यटन प्रवर्द्धनमा समेत सहयोग गर्ने सर्तमा टिकटक नेपालमा दर्ता भएको हो ।टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने सर्त स्वीकार गरेपछि टिकटक खुलाइएको थियो । 

    सरकारले गत वर्ष फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषद्बाट पारित गरेको थियो। जसअनुसार सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो। सरकारले सामाजिक सद्‍भाव बिगारेको भन्दै २०८० कात्तिक २७ गते टिकटकमा लगाएको प्रतिबन्ध लगाएको थियो । 

    images
    images

    टिकटकले प्रतिबन्ध फुकुवा गर्न बारम्बार अनुरोध गरेपछि सरकारले भदौ ६ गते बिहीबार चार ओटा सर्त राखेर प्रबिन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।  यसअघि नेपाल प्रहरी र मन्त्रालयका अधिकारीलाई  टिकटकले कन्टेन्ट फिल्टरिङ र ग्लोबल कम्युनिटी गाइडलाइनको बारेमा २ ओटा वर्कसप सञ्चालन गरेको थियो ।

    नेपालमा प्रतिबन्धित सामाग्री प्रसारणका बारेमा समेत छलफल भएको र त्यस्ता सामाग्री प्रसारण गर्दा नेपालमा असर पर्छ भन्ने लागेमा नेपाल प्रहरीको साइबर ब्यूरो मार्फत सूचना दिए तत्काल त्यस्ता सामाग्रीमा एक्सन लिने प्रतिबद्धता समेत जनाएको छ । टिकटकको सिंगापुरस्थितको कार्यालयले नेपाल हेर्ने भएको छ। आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट पनि राजस्व उठाउने बाटो खुलेको र नियमन पनि सहज रूपमा गर्न सकिने प्रवक्ता ठाकुरले बताए । हालसम्म  भाइबर, वि–टक र टिकटकमात्र दर्ता भएका छन् । 

    योसँगै सरकारले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालको माउ कम्पनी मेटा र एक्स (ट्विटर)लाई पनि नेपालमा दर्ता हुन आह्वान गर्दै पत्राचार गरेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend