images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • समताको एफपीओमा दिए १४ लाख ३२...

समताको एफपीओमा दिए १४ लाख ३२ हजारले आवेदन, ३५ हजारले पाउने

समताको एफपीओमा दिए १४ लाख ३२ हजारले आवेदन, ३५ हजारले पाउने

images
images
मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं । आवेदन बन्द हुँदा समता घरेलु लघुवित्तको एफपीओमा ६०.७ गुणा बढी आवेदन परेको छ । यस कम्पनीको एफपीओमा अनलाइन प्रणालीबाट १४ लाख ३२ हजार ४२० जनाले आवेदन दिएको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ ।

    images
    images

    सीडीएससीका अनुसार ती आवेदकले २ करोड १३ लाख ८ हजार ५७० कित्ता आवेदन माग गरेका छन् । ती आवेदकको २ अर्ब १३ करोड रुपैयाँ बराबर रकम बैंक खातामा रोक्का भएको छ ।कम्पनीले भने जम्मा ३ लाख ५० हजार ९०४ कित्ता बिक्रीका लागि आवेदन माग गरेको हो । हरेकलाई १० कित्ताका दरले बाँडफाँड गर्नुपर्ने प्रावधान रहेकाले कुल ३५ हजार ९० जनाले मात्रै सेयर पाउने छन् । यीमध्ये ४ जनाले ११ कित्ताका दरले पाउने छन् भने बाँकीले १० कित्ताका दरले पाउने छन् ।

    कात्तिक १२ देखि २० गतेसम्म एफपीओमा आवेदन खुलेको थियो । अंकित मूल्य १०० मै कम्पनीले एफपीओ खुलाएको हो । एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको थियो ।बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणमा कम्तीमा ३० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने प्रावधान छ । यस कम्पनीको सर्वसाधारणमा जारी सेयर २६. २० प्रतिशत मात्रै छ ।

    images
    images

    एफपीओ जारीपछि सर्वसाधारण सेयर हिस्सा ३०.५२ प्रतिशत र संस्थापक हिस्सा ६९.४८ प्रतिशत पुग्ने कम्पनीले जनाएको छ । साविकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेर समता घरेलु लघुवित्त बनेको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend