काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक (ईडी) पदका लागि १० जना आवेदकको नाम सर्टलिस्ट गरिएको छ। स्वीकृत १३ जना दरखास्तमध्येबाट छानिएका १० उम्मेदवारहरूमा उत्तमकुमार कोइराला, गंगप्रसाद जोशी, डा. प्रमोदकुमार यादव, डा. मुक्तिनाथ खनाल, डा. राजेन्द्रकुमार पोख्रेल, डा. होमनाथ गैरे, पारस अधिकारी, बिमला भट्ट, बुद्धकाजी श्रेष्ठ र राजेन्द्र श्रेष्ठ रहेका छन्।बोर्डले सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई साउन २५ गते बिहान ८:३० देखि साँझ ६:३० बजेसम्म कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाएको छ। त्यसैगरी, उनीहरूको अन्तर्वार्ता साउन २६ गते सोही समयमा (बिहान ८:३० देखि साँझ ६:३० बजेसम्म) सञ्चालन हुनेछ।
प्रस्तुतीकरण र अन्तर्वार्ता काठमाडौंको कमलपोखरीस्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा हुनेछ। उम्मेदवारलाई कार्यालयमा आउँदा आवेदन तथा पेस गरेका सबै कागजातको सक्कलै प्रति लिएर प्रस्तुतीकरण र अन्तर्वार्तामा निर्धारित समयभन्दा १ घन्टा अगावै उपस्थित हुन बोर्डले सूचित गरेको छ।बोर्डले गत असार ३१ गते एउटा सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको थियो। दरखास्त दिने अन्तिम मिति साउन ८ गतेसम्म रहेको थियो।





.gif)





