images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • टीभीएसको मोटरसाइकल किन्दा उतीम लालले...

टीभीएसको मोटरसाइकल किन्दा उतीम लालले जिते १० लाख, अन्य बिजेताले कति पाए ?

टीभीएसको मोटरसाइकल किन्दा उतीम लालले जिते १० लाख, अन्य बिजेताले कति पाए ?

images
images
मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं ।  टीभीएसको मोटरसाइकल खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद १० लाख ५ हजार रुपैयाँ जितेका छन् । नेपालीहरूको प्रमुख चाड दशैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएससँग नयाँ युगको आरम्भ २०२४’उपहार योजना अन्तर्गत साहले मोटरसाइकल खरिद गर्नुअघि ५ हजार रुपैयाँ र खरिद पश्चात १० लाख रुपैयाँ जित्न सफल भएका हुन् । 

    images
    images

    साहका साथै, महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा टेकराज गुरुङले ५ लाख ५ हजार जित्न सफल भएका छन् । उनले खरिदअघि ५ हजार रुपैयाँ र खरिद पश्चात ५ लाख रुपैयाँ जित्न सफल भएका हुन् । महाएक्सचेन्ज मेला, भृकुटीमण्डपमै टीभीएसको सवारी साधन खरिद गरेका प्रकाश अधिकारीले सवारी साधनको खरिदमा ५० प्रतिशत क्यासब्याक र खरिदअघि ५ हजार रुपैयाँ जित्न सफल भएको कम्पनीले जनाएको छ । 

    त्यसैगरी, बागेश्वरी अटोमोटिभ्स, धनगढीमा टीभीएसको सवारी साधन खरिद गरेका सञ्जित चौधरीले २५ प्रतिशत क्यासब्याक र खरिदअघि ५ हजार रुपैयाँ जित्न सफल भएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै ‘टीभीएससँग नयाँ युगको आरम्भ २०२४’ उपहार योजनाअन्तर्गत हालसम्म  २ जनाले नगद १ लाख रुपैयाँ, ४ जनाले नगद ५० हजार रुपैयाँ, १० जनाले नगद २५ हजार रुपैयाँ,  १५ जनाले नगद १५ हजार रुपैयाँ र १८ जनाले नगद ५ हजार रुपैयाँ जित्न सफल भइसकेका छन् ।

    images
    images

    नेपालमा दुईपाङ्ग्रे सवारी साधनको क्षेत्रमा अग्रणी ब्रान्ड टीभीएसले उपहार योजना अन्तर्गत टीभीएसको नेपाल भर रहेका अधिकारिक विक्रेतामार्फत टीभीएसका सवारी साधन खरिद गरेका उपभोक्ताहरु मध्य नगद उपहार जित्न सफल भाग्यशाली विजेताहरुको घोषणा गरेको हो ।

    टीभीएससँग नयाँ युगको आरम्भ, उपहार योजना देशभरका टीभीएसका सवारी साधनका लागि आधिकारिक बिक्री केन्द्रहरूमार्फत आयोजना भइरहेको छ । उपहार योजनामा ग्राहकहरूको उत्साहपूर्ण सहभागिताका भइरहेकोे कम्पनीले बताएको छ । यस योजना अन्तर्गत, ग्राहकहरुले नगद पुरस्कार, क्यासब्याक, र प्री–पर्चेज बोनस जस्ता विविध पुरस्कारहरु जित्ने अवसर प्राप्त गरिरहेका छन् । 

    टीभीएस नेपालले सम्पूर्ण विजेताहरूलाई बधाई दिँदै, उत्साहजनक सहभागीताका लागि आभार व्यक्त गरेको छ । साथै, सो मेलालाई सफल बनाउन सहयोग गर्ने हरेक ग्राहकलाई धन्यवाद दिंदै, कम्पनीले योजना कायम रहेको र यस योजनामा सहभागिता जनाई मौकाको उल्लेख्य फाइदा लिन सबैलाई आग्रह गरेको छ । साथै, आगामी दिनहरुमा पनि अझ उत्कृष्ट र रोचक सवारीसाधनसँगै ग्राहकलाई थप आकर्षक अफरहरू ल्याइरहने प्रतिबद्धता ब्यक्त गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend