काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लिले पत्थर डाँडा, रुपन्देहीमा बुधवार एक कार्यक्रमका बीच १० वटा अत्याधुनिक र सुविधा सम्पन्न TATA LPO1622/62 BS6 Magna बसहरु त्रिशक्ति पशुपति दर्शन यातायात प्रा.लि.लाई हस्तान्तरण गरेको छ । त्रिशक्ति पशुपति दर्शन यातायात पश्चिम नेपाल बस व्यवसायी प्रा. लि. र भेरी यातायात प्रा.लि जस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो ।
कम्पनीबाटै जडान गरेर आएका ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसीसहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्लीसम्मको अन्तरदेशीय यात्राको लागि सञ्चालनमा आउने छ । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोच रहेको जनाएका छन् ।
TATA LPO1622/62 BS6 Magna बसमा अत्याधुनिक प्रविधि र BS6 मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ । विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ ।
BS6 गाडीमा OBD प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ । SCR प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ । यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ ।
‘अत्याधुनिक BS6 इन्जिन, लक्जरी युक्त सिट र लामो दुरीका लागि विशेष रुपमा तयार पारिएका यी MAGNA गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास हामीले लिएका छौं । साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देशबीच सांस्कृतिक आदान-प्रदान र धार्मिक सहिष्णुता अझ बढ्ने छ, कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि.कमर्सियल युनिटका वरिष्ठ महा-प्रवन्धक अनुप मणि ढकालले बताए ।यस अन्तर-देशीय यातायातको थालनीले सबैमा नयाँ हर्ष र आशा जागेको कार्यक्रममा उपस्थित विभिन्न व्यावसायीकोतर्क रहेको थियो ।




.gif)





