images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • नेपालमा चौधरी ग्रुपले शुरू गर्‍यो आईफोन...

नेपालमा चौधरी ग्रुपले शुरू गर्‍यो आईफोन १६ बिक्री

नेपालमा चौधरी ग्रुपले शुरू गर्‍यो आईफोन १६ बिक्री

images
images
आइतवार, कार्तिक १८ २०८१
आइतवार, कार्तिक १८ २०८१
  • काठमाडौं । नेपाली उपभोक्ताहरूका लागि खुसीको खबर, चौधरी ग्रुपले आफ्नो सीजी डिजिटल स्टोरमार्फत आईफोन १६ सिरिजको बिक्री सुरु गरेको छ । नेपालमा एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्टले चौधरी ग्रुपलाई यसका लागि अनुमति प्रदान गरेपछि, नेपाली बजारमा आईफोनको पहुँच अझ विस्तार भएको छ ।

    images
    images

    जेनेरेसन नेक्स्टका कार्यकारी निर्देशक पवन भिमसरियाका अनुसार, “चौधरी ग्रुपले आईफोन १६ बिक्री गर्न अनुमति मागेपछि हामीले पहिलो चरणमा ५० ओटा आईफोन उपलब्ध गराएका छौं ।”

    यसै सँगै, सीजी डिजिटलले आफ्ना देशभरका २८ ओटा स्टोरबाट आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स मोडेलहरू बिक्री गर्ने योजना बनाएको छ। सीजी डिजिटलको वेबसाइटमा पनि यी मोडेलहरूको लिस्टिङ गरिएको छ ।

    images
    images

    यस कदमले चौधरी ग्रुपलाई आईफोन बजारमा नयाँ प्रवेश गराएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend