images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, बोनस...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, बोनस र नगद लाभांश पारित

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, बोनस र नगद लाभांश पारित

images
images
बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार काठमाडौंको अम्रपाली ब्याङ्क्वेट, भाटभटेनीमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गरेको छ।सभाले सञ्चालक समितिबाट प्रस्तुत वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू अनुमोदन गरेको हो।सभाले कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५ प्रतिशतका दरले हुन आउने ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२२६ प्रतिशतका दरले ५२ लाख १० हजार ५२६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

    images
    images

    बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ। बोनस सेयर जारी गर्न सम्बन्धित नियामक निकायको स्वीकृति लिने प्रक्रिया पूरा गरिने बताइएको छ।कम्पनीले २०८३ जेठ मसान्तसम्म शाखा, उपशाखा, तेस्रो पक्ष बीमा काउन्टर तथा प्रादेशिक कार्यालयको समायोजनपछि हाल प्रधान कार्यालयसहित १०४ वटा शाखा तथा उपशाखा र तेस्रो पक्ष बीमा काउन्टरमार्फत बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ।कम्पनीले आगामी आर्थिक वर्ष २०८३/८४ मा सेयरधनीलाई अपेक्षित प्रतिफल दिने र संस्थागत लक्ष्य हासिल गर्ने उद्देश्यसहित आफ्ना गतिविधि अघि बढाइरहेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend