images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • विभागको पूर्वस्वीकृति नलिई भारतीय विमानस्थल...

विभागको पूर्वस्वीकृति नलिई भारतीय विमानस्थल प्रयोग गरेर नेपाली उडाउने १५९ म्यानपावरमाथि कारबाही

विभागको पूर्वस्वीकृति नलिई भारतीय विमानस्थल प्रयोग गरेर नेपाली उडाउने १५९ म्यानपावरमाथि कारबाही

images
images
आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • काठमाडौं । वैदेशिक रोजगार विभागले विभागको पूर्वस्वीकृति नलिई भारतीय विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ ।वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ को प्रावधान उल्लंघन गरेको ठहर गर्दै विभागले ती कम्पनीहरूलाई पहिलो पटक सचेत गराउने निर्णय गरेको हो ।विभागले २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरी विशेष अनुगमन गरेको थियो ।

    images
    images

    सञ्चालनमा रहेका कुल १ हजार ११७ इजाजतप्राप्त संस्थाहरूमध्ये ६७८ संस्थाले मात्रै विवरण बुझाएका थिए । बुझाइएको विवरण अध्ययन गर्दा १५९ वटा म्यानपावर कम्पनीले विभागसँग अनुमति नै नलिई भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएको छ ।यस्तै, विभागले माग गरेको विवरण नै उपलब्ध नगराउने ४३४ भन्दा बढी म्यानपावर कम्पनीलाई पनि ऐनको दफा ३७ उल्लंघन गरेको आधारमा सचेत गराउँदै पुनः विवरण पेस गर्न निर्देशन दिएको छ ।विभागले पटक–पटक कानुन र निर्देशन उल्लंघन गर्ने ८ वटा म्यानपावर कम्पनीलाई भने जनही ५० हजार रुपैयाँका दरले जरिबाना समेत गरेको छ ।जरिबानामा पर्ने कम्पनीहरूमा ग्रान्ड सुइट जब, मास ह्युमन रिसोर्स, नुन रिसोर्स, एपेक्स एचआर कन्सल्टेन्सी, टेस्ला ओभरसिज, सुनागुवा इन्टरनेसनल, एलाइड इन्टरनेसनल म्यानपावर र अञ्जली ओभरसिज सर्भिस रहेका छन् ।

    तीमध्ये तीन वटा कम्पनीलाई पुनः अनुमतिबिना भारतीय विमानस्थल प्रयोग गरेको र पाँच वटालाई विवरण नबुझाएको कसुरमा जरिबाना गरिएको विभागले जनाएको छ ।वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने र यदि विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था भएमा विभागबाट अनुमति लिनुपर्ने स्पष्ट व्यवस्था छ ।म्यानपावर कम्पनीहरूले भारतीय विमानस्थल हुँदै श्रमिक पठाउँदा उनीहरूको अभिलेख व्यवस्थापन, सुरक्षा र निगरानी प्रणालीमा समस्या उत्पन्न हुने विभागको ठहर छ ।विभागले वैदेशिक रोजगार व्यवसायीहरूलाई कानुनको पूर्ण पालना गर्न सचेत गराउँदै भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ । भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाउने गरेको गुनासो बढेपछि विभागले २०८३ असार २६ गते सूचना जारी गर्दै विवरण माग गरेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend