images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओ...

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओ पदका लागि दरखास्त आह्वान

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओ पदका लागि दरखास्त आह्वान

images
images
आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • काठमाडौं  । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले शनिबार एक सूचना प्रकाशित गर्दै उक्त पदका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन मागेको हो ।

    images
    images

    सूचना अनुसार, प्रचलित कानुन बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिहरूले यो सूचना प्रकाशित भएको मिति (असार २७ गते) ले २१ दिनभित्र अर्थात् आगामी साउन १५ गते भित्र आवेदन दिइसक्नुपर्नेछ ।इच्छुक उम्मेदवारहरूले आफ्नो दरखास्त, व्यक्तिगत विवरण (सीभी) र आवश्यक शैक्षिक तथा अनुभवका कागजातहरू सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको सिफारिस समितिको सचिवालयमा कार्यालय समयभित्र बुझाउनु पर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend