images

२०८३ आश्विन १७ गते

images
images
images

सिजन सकिन लागेसँगै महँगियो आँप

सिजन सकिन लागेसँगै महँगियो आँप

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । सिजन सकिन लागेसँगै बजारमा आँपको मूल्य ह्वात्तै बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार आँपको मूल्य बढेको देखाएको हो ।कालीमाटी बजारमा अहिले मालदह, दसहरी लगायत आँप किन्न पाइन्छ । आज मालदह आँप प्रतिकिलो थोकमा औसत ५५ रुपैयाँ बढेको छ । यस्तै दसहरी आँप प्रतिकिलो थोकमा ४५ रुपैयाँ बढेको छ ।

    images
    images

     आइतबार मालदह आँप प्रतिकिलो थोकमा औसत ९५ रुपैयाँमा किनबेच भएको थियो । आज भने मालदह आँप प्रतिकिलो थोकमै १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै दसहरी आँप आज प्रतिकिलो थोकमा औसत १ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो भने उक्त आँप प्रतिकिलो थोकमा १ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।यस्तै असार पहिलो साता मालदह आँप प्रतिकिलो औसतमा ८० देखि ९० र दसहरी आँप १ सयदेखि १ सय १० रुपैयाँसम्म किनबेच भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend