images

२०८३ आश्विन १७ गते

images
images
images

छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका

छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • जनकपुरधाम, २२ असार । जनकपुरधाम उपमहानगरपालिकाले छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्न थालेको छ । छाडा पशुचौपायाका कारण मानवीय जोखिम बढ्ेको भन्दै नियन्त्रणमा कडाइ गरेको उपमहानगरपालिकाले पाँच सयभन्दा बढी छाडा पशुचौपाया नियन्त्रणमा लिई रु सात लाखभन्दा बढी जरिवाना सङ्कलन गरेको छ ।
     
    छाडा पशुबाट मानिसमा हुने जोखिम तथा प्लास्टिकजन्य फोहरका कारण पशुमा पर्ने असर कम गर्न आइतबार जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाले आयोजना गरेको छलफल तथा अन्तक्र्रियामा उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जनकपुरधाममा छाडा पशुचौपायाको समस्या चुनौतीपूर्ण बन्दै गएकाले छाडा चौपाया नियन्त्रणका लागि कडा कदम चालेको बताएका छन् ।
     
    पशु सडकमा छाड्ने व्यक्तिलाई उपमहानगरपालिकाले रु पाँच हजारसम्म जरिवाना गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जानकारी दिनुहुँदै उहाँले पछिल्लो समय छाडा पशु नियन्त्रणमा लिई छाड्ने व्यक्तिबाट रु सात लाख जरिवाना सङ्कलन भएको बताएका छन् । प्रमुख साहका अनुसार छाडा पशु नियन्त्रणमा लिई वडा नं १२ मा रहेको पशु गौशालामा करिब पाँच सयभन्दा बढी पशुचौपाया राखिएका छन् ।
     
    नियमको प्रभावकारी कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्नुहुँदै उनले छाडा पशु नियन्त्रणको काम स्थानीय तहले मात्र गर्न नसक्ने भएकाले तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज तथा सर्वसाधारणको साझा सहकार्य आवश्यक रहेको बताएका छन् । 

    images
    images

    मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा सञ्जयकुमार यादवले छाडा पशु व्यवस्थापनलाई केवल स्थानीय तहको विषयका रूपमा नभई सार्वजनिक स्वास्थ्य, वातावरण संरक्षण र पशु कल्याणसँग जोडिएको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताएका छन् । उनले प्लास्टिकजन्य फोहरको अव्यवस्थित व्यवस्थापनका कारण पशुहरूको स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै प्लास्टिकको प्रयोग न्यूनीकरण र उचित फोहर व्यवस्थापनमा जोड दिएका छन् ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र धनुषाका प्रमुख डा सञ्जीवकुमार ठाकुरले प्लास्टिक अहिले मानव जीवनको अभिन्न अङ्ग बने पनि यसको जथाभावी प्रयोग र व्यवस्थापनका कारण पशुहरू सबैभन्दा बढी प्रभावित भइरहेको बताएका छन् । सडकमा फालिएका प्लास्टिकका झोला र अन्य फोहरसँगै खाद्यवस्तु खाँदा गाईवस्तुलगायत पशुको पेटमा प्लास्टिक जम्मा हुने, त्यसले पाचन प्रणालीमा समस्या सृजना गर्ने, उत्पादन क्षमता घट्ने तथा कतिपय अवस्थामा पशुको मृत्यु नै हुने अवस्था देखिएको उहाँले जानकारी दिएका छन् ।

    images
    images

    कार्यक्रममा सहभागीहरूले छाडा पशु व्यवस्थापन, प्लास्टिकजन्य फोहर नियन्त्रण, पशु कल्याण तथा सुरक्षित सहरी वातावरण निर्माणका लागि सबै निकायबीच समन्वय र जनसहभागीता बढाउनुपर्नेमा जोड दिएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend