images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • पेट्रोलपम्पले कृत्रिम अभाव गरे १० लाख...

पेट्रोलपम्पले कृत्रिम अभाव गरे १० लाख जरिवाना, १५ दिन इन्धन आपूर्ति बन्द

पेट्रोलपम्पले कृत्रिम अभाव गरे १० लाख जरिवाना, १५ दिन इन्धन आपूर्ति बन्द

images
images
शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको बिक्रीवितरणमा कृत्रिम अभाव सिर्जना गर्ने तथा उपभोक्तालाई इन्धन नपाउने अवस्था उत्पन्न गराउने पेट्रोलपम्पमाथि कडा कारबाही गर्ने व्यवस्था गरेको छ। अब पेट्रोलपम्पले नोजल सुक्खा (ड्राइ) राखी इन्धन उपलब्ध गराउन नसक्ने अवस्था सिर्जना गरेमा लाखौं रुपैयाँ जरिवानासहित निश्चित अवधिसम्म इन्धन आपूर्ति नै रोक्का गरिने भएको छ।

    images
    images

    Musam 19-03-2083.jpg

    नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो। बुधबार देशभर केही पेट्रोलपम्पमा इन्धन बिक्रीवितरण प्रभावित भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीको निर्देशनमा निगमले विनियमावली संशोधन गरी कडा दण्डात्मक प्रावधान समावेश गरेको जनाएको छ।

    images
    images

    Musam 19-03-2083.jpg

    संशोधित विनियमावलीको दफा २९(घ)(१) मा ‘विक्रेताले नोजल सुक्खा (ड्राइ) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ भन्ने व्यवस्था थपिएको छ। यस प्रावधान उल्लङ्घन गर्ने पेट्रोलपम्पलाई कसुरको प्रकृतिअनुसार चरणबद्ध कारबाही गरिनेछ।

    पहिलो पटक उल्लङ्घन गरेमा तीन लाख रुपैयाँ जरिवाना र पाँच दिनसम्म पेट्रोलियम पदार्थको आपूर्ति रोक्का गरिनेछ। दोस्रो पटक सोही कसुर दोहोरिए छ लाख रुपैयाँ जरिवाना तथा १० दिनसम्म इन्धन आपूर्ति बन्द गरिनेछ। तेस्रो पटक पनि नियम उल्लङ्घन गरेमा १० लाख रुपैयाँ जरिवाना तिर्नुपर्नेछ भने १५ दिनसम्म पेट्रोल, डिजेललगायत पेट्रोलियम पदार्थको आपूर्ति पूर्ण रूपमा रोक्का गरिने व्यवस्था गरिएको छ।

    सरकारले उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउने, कृत्रिम अभाव नियन्त्रण गर्ने तथा पेट्रोलियम पदार्थको वितरण प्रणालीलाई थप व्यवस्थित र उत्तरदायी बनाउन यस्तो कानुनी व्यवस्था गरिएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend