images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • काठमाडौं र पोखराका १४ पेट्रोल पम्प...

काठमाडौं र पोखराका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

काठमाडौं र पोखराका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि देखिएको आपूर्ति अवरोध अन्त्य भएको छ। नेपाल आयल निगमले बन्द गरिएका काठमाडौंका ८ र पोखराका ६ गरी कुल १४ वटा पेट्रोल पम्पको ताला खोलेपछि ती पम्पबाट पुनः नियमित रूपमा इन्धन बिक्री–वितरण सुरु भएको छ।

    images
    images

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि निगमले आकस्मिक बजार अनुगमन गर्दै बिक्री बन्द गरेका पेट्रोल पम्पमा कारबाही अघि बढाएको थियो। मूल्य समायोजनपछि केही पम्पले इन्धन वितरण रोकेको गुनासो आएपछि मन्त्रालयले तत्काल बजारको अवस्था बुझ्न निगमलाई निर्देशन दिएको थियो।

    अनुगमनका क्रममा काठमाडौं र पोखराका विभिन्न पेट्रोल पम्पले इन्धन मौज्दात सकिएको भन्दै बिक्री–वितरण बन्द गरेको भेटिएपछि निगमले ती पम्पमा ताला लगाएको थियो। त्यसपछि पम्प सञ्चालकहरूले आफ्नो डिपोमा इन्धन मौज्दात समाप्त भएको जानकारी गराएका थिए।

    images
    images

    निगमले मौज्दातको स्थलगत परीक्षण गर्दा इन्धन सकिएको पुष्टि भएपछि सम्बन्धित पम्पमा पुनः इन्धन आपूर्ति गरिएको थियो। आपूर्ति सुनिश्चित भएपछि सबै १४ वटा पम्पको ताला खोलिएको र नियमित रूपमा सेवा सञ्चालनमा ल्याइएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको सचिवालयले जनाएको छ।

    नेपाल आयल निगमका अनुसार अहिले देशभर पेट्रोलियम पदार्थको कुनै अभाव छैन। सबै पेट्रोल पम्पबाट पूर्ववत् रूपमा सहज र नियमित इन्धन बिक्री–वितरण भइरहेको छ। उपभोक्तालाई ढुक्क भएर आवश्यकताअनुसार इन्धन खरिद गर्न निगमले आग्रह गरेको छ।

    निगमका अधिकारीहरूका अनुसार पेट्रोलियम पदार्थको मूल्यमा ठूलो कटौती हुने सूचना पूर्वमै चुहिएका कारण केही व्यवसायीले नयाँ मूल्य लागू हुनुअघि इन्धन नउठाउने रणनीति अपनाएका थिए। त्यसकै प्रभावका कारण केही स्थानमा अस्थायी रूपमा आपूर्ति प्रभावित भएको देखिएको हो।

    उल्लेखनीय रूपमा नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्यमा उल्लेख्य कटौती गरेको थियो। मूल्य घटेपछि बजारमा आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बने पनि सरकारले तत्काल अनुगमन, आपूर्ति र नियमनमार्फत अवस्था सामान्य बनाएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend