images

२०८३ आश्विन १६ गते

images
images
images

मौरीपालनबाटै लाखौँ कमाउँदै वडाध्यक्ष दुर्गाबहादुर राई

मौरीपालनबाटै लाखौँ कमाउँदै वडाध्यक्ष दुर्गाबहादुर राई

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • खोटाङ, १८ असार । खोटाङको बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर राईले राजनीतिसँगै व्यावसायिक मौरीपालनलाई सफल उद्यमका रूपमा अघि बढाएका छन्। जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दै उनले सञ्चालन गरेको ‘डाँडागाउँ मौरीपालन तथा मह प्रशोधन उद्योग’ अहिले गाउँकै आयआर्जनको नमुना बनेको छ।

    images
    images

    राईले घरको खोपामा बसेका मौरीलाई आधुनिक घारमा सारेर व्यवसाय सुरु गरेका हुन्। हाल उद्योगमा १८ वटा आधुनिक घार छन्। विसं २०७६ मा मौरीपालनसम्बन्धी तालिम लिएपछि उनले आधुनिक घार निर्माणसमेत सुरु गरेका थिए। अहिले उद्योगमार्फत तीन जना स्थानीय युवाले रोजगारी पाएका छन्।

    वडाध्यक्ष राईका अनुसार आधुनिक घार बिक्रीबाट मात्रै वार्षिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ। एउटा आधुनिक घार ४ हजार ५०० देखि ५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको उनले बताए।

    images
    images

    उनका अनुसार मौवाबोटेका सबै २७० परिवारले आधुनिक घारमार्फत मौरीपालन गर्दै आएका छन्। किसानहरूले वर्षमा दुई पटक मह उत्पादन गरी प्रतिकिलो करिब १ हजार ५०० रुपैयाँमा बिक्री गर्दै आएका छन्। एक किसानले एक याममै ८० देखि १०० किलोसम्म मह उत्पादन गर्ने गरेका छन्।

    राईले मौरीपालनलाई थोरै लगानीमा राम्रो आम्दानी हुने व्यवसाय भन्दै युवालाई गाउँमै स्वरोजगार बन्न आग्रह गरेका छन्। आधुनिक घारमा टुनीको फ्रेम र उत्तिसको काठ प्रयोग गर्दा मौरीलाई अनुकूल हुने उनको अनुभव छ।

    मौवाबोटेका अन्य स्थानीय तथा खेलाडीहरू पनि अहिले व्यावसायिक मौरीपालनमा सक्रिय छन्। प्राकृतिक रूपमा अनुकूल वातावरण, प्रशस्त वन क्षेत्र र लेकाली भू–भागका कारण यो क्षेत्र मह उत्पादनका लागि उपयुक्त मानिन्छ।

    स्थानीय किसानका अनुसार गाउँमा व्यावसायिक मौरीपालन विस्तार भए पनि अहिलेसम्म यस क्षेत्रमा स्थानीय सरकारको प्रत्यक्ष लगानी भने भएको छैन। यद्यपि, मौरीपालनबाट गाउँको आम्दानी र स्वरोजगार दुवै बढ्दै गएको उनीहरूको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend