काठमाडौँ १६ असार । नेपालको कृषि, वातावरण संरक्षण र दिगो विकासका क्षेत्रमा उदाहरणीय अभ्यासका रूपमा स्थापित गोठालो फार्मलाई नेपालको पहिलो विश्वव्यापी परिकारसम्बन्धी फलाङ फुड डिक्सनरीका लेखक शिव न्यौपानेले उच्च प्रशंसा गरेका छन्। उनले गोठालो फार्मका संस्थापक, व्यवस्थापन टोली, कर्मचारी तथा स्थानीय समुदायको समर्पणले नेपालमा दिगो विकासको नयाँ सम्भावना उजागर गरेको बताएका छन्।
न्यौपानेका अनुसार गोठालो फार्म केवल कृषि उत्पादनमा सीमित व्यवसाय नभई दिगो कृषि प्रणाली, आधुनिक पशुपालन, वन्यजन्तु संरक्षण, वातावरणीय सन्तुलन तथा प्रकृतिमा आधारित आतिथ्य सेवाको सफल नमुना बनेको छ। कृषिलाई नवीन सोच र आधुनिक व्यवस्थापनसँग जोड्दै यसले स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याइरहेको उनको भनाइ छ।
उहाँले गोठालो फार्मको व्यवस्थापनले देखाएको दूरदर्शी सोच, निरन्तरको मेहनत र प्रकृतिप्रतिको जिम्मेवारीलाई अनुकरणीय उदाहरणका रूपमा व्याख्या गर्नुभएको छ। यस्ता परियोजनाले नेपालमा दिगो पर्यटन, जैविक कृषि, वातावरण संरक्षण र खाद्य सुरक्षाका क्षेत्रमा सकारात्मक परिवर्तनको आधार तयार गरिरहेको उहाँको विश्वास छ।
न्यौपानेका अनुसार गोठालो फार्मले कृषिलाई शिक्षा, अनुसन्धान, संरक्षण र आतिथ्य सेवासँग सफलतापूर्वक जोड्दै युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गरेको छ। कृषिलाई केवल उत्पादनको माध्यम नभई ज्ञान, अनुभव र पर्यटनसँग जोडेर मूल्य अभिवृद्धि गर्ने यसको अभ्यास अन्य उद्यमीका लागि पनि प्रेरणादायी बन्न सक्ने उनले उल्लेख गरेका छन्।
उहाँले यस्ता नवीन, जिम्मेवार र दिगो उद्यमलाई राज्य, निजी क्षेत्र तथा समाजले आवश्यक सहयोग, प्रोत्साहन र नीतिगत समर्थन दिनुपर्नेमा जोड दिएका छन्।हरित अर्थतन्त्र, वातावरणीय संरक्षण र स्थानीय स्रोत–साधनको दिगो उपयोगमार्फत समृद्ध नेपालको आधार निर्माण गर्न यस्ता संस्थाको भूमिका महत्वपूर्ण रहने उनको धारणा छ।
न्यौपानेले गोठालो फार्मलाई नेपालको दिगो विकास यात्राको सशक्त उदाहरणका रूपमा उल्लेख गर्दै संस्थापक, व्यवस्थापन टोली तथा सम्पूर्ण सहयोगीप्रति हार्दिक बधाई व्यक्त गरेका छन्। उनले यस्ता अभियानले प्रकृतिसँग सहअस्तित्वमा आधारित समृद्ध नेपालको निर्माणमा दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।




.gif)





