काठमाडौं, १६ असार । नेपाली सुनचाँदी बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो। पछिल्ला केही दिनयता सुनको मूल्य लगातार घट्दो क्रममा रहेको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि सोमबार यसको मूल्य ४ हजार ३१० रुपैयाँ प्रतितोला रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि परिरहेको व्यवसायीहरू बताउँछन्। विश्व बजारको मूल्य, अमेरिकी डलरको विनिमय दर र स्थानीय मागका आधारमा नेपालमा सुन–चाँदीको दैनिक मूल्य निर्धारण हुने भएकाले आगामी दिनमा पनि मूल्यमा उतारचढाव जारी रहने अनुमान गरिएको छ।




.gif)





