images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • समता घरेलु लघुवित्तको एफपिओमा मागभन्दा बढी...

समता घरेलु लघुवित्तको एफपिओमा मागभन्दा बढी आवेदन

समता घरेलु लघुवित्तको एफपिओमा मागभन्दा बढी आवेदन

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौं ।  समता घरेलु लघुवित्तको एफपिओमा ९८ करोड ६ लाख ५८ हजार रुपैयाँको आवेदन परेको छ ।

    images
    images

    सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको एफपीओमा आज दोस्रो दिन साँझ सम्ममा ६ लाख २६ हजार २८५ जना आवेदकले ९८ लाख ६ हजार ५८० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा २७.९४ गुणाले बढी आवेदन हो ।

    कम्पनीको चुक्तापूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणको सेयर हिस्सा चुक्तापूँजीको ३० प्रतिशत पुर्‍याउन  एफपीओ निश्कासन गरेको हो । लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गरेको हो।

    images
    images

    लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend