images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • जगदुल्ला जलविद्युत् परियोजना पूर्व तयारी चरणमा,...

जगदुल्ला जलविद्युत् परियोजना पूर्व तयारी चरणमा, डोल्पाको पूर्वाधार विकासमा योगदान

जगदुल्ला जलविद्युत् परियोजना पूर्व तयारी चरणमा, डोल्पाको पूर्वाधार विकासमा योगदान

images
images
सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौं । डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक–सामाजिक रूपान्तरण र पूर्वाधार विकासमा नयाँ फड्को मारेको छ । जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत अघि बढाइएको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको मुलुककै एक नमूना परियोजना हो ।कम्पनीले डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिका क्षेत्रमा १०६ मेगावाटको जगदुल्ला र १२४.३५ मेगावाटको जगदुल्ला–ए गरी कुल २३०.३५ मेगावाट क्षमताका दुई अर्ध–जलाशययुक्त आयोजनाहरू विकास गरिरहेको छ ।

    images
    images

    आयोजनाले विद्युत् उत्पादन सुरु हुनुपूर्व नै डोल्पाको पूर्वाधार विकासमा परिवर्तन ल्याएको छ । कम्पनीले आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल निर्माण गर्नुका साथै त्रिवेणी–मुड्केचुला–जगदुल्ला सडकखण्डको कठिन भिरमा ट्याक खोल्ने र पहुँच मार्गमा १० वटा बेली ब्रिज जडान गर्ने कार्य सम्पन्न गरिसकेको छ ।यी संरचनाले गर्दा विगतमा घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ भने नेपालगञ्जबाट डोल्पा पुग्न लाग्ने तीन दिनको समय अहिले एक दिनमा सीमित भएको छ । यातायातको पहुँच सहज भएसँगै डोल्पाको सदरमुकाम दुनैबाट काठमाडौँसम्म सिधै रात्रिबस सञ्चालन हुन थालेको छ, जसले स्थानीय बासिन्दाको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ ।परियोजनाले कर्णाली प्रदेशको पर्यटन र आर्थिक क्षेत्रमा पनि दीर्घकालीन फाइदा पुर्याउने देखिएको छ । आयोजनाका कारण विकास भएको सडक सञ्जालले रारा ताल, शे–फोक्सुण्डो, जगदुल्ला ताल र उपल्लो डोल्पा पुग्ने छोटो मार्ग तयार गरेको छ, जसले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्नेछ ।

    आर्थिक रूपमा आयोजना सम्पन्न भएपछि संघीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख, प्रदेश सरकारले ९ करोड ५० लाख र स्थानीय तहले ९ करोड ५० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्नेछन् । यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनुका साथै क्षेत्रीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउने विश्वास गरिएको छ ।हाल १०६ मेगावाटको मुख्य आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, जग्गा अधिग्रहण र पीपीए जस्ता सम्पूर्ण तयारी कार्य पूरा भई निर्माण कम्पनीसँगको सम्झौतापछि भौतिक निर्माण कार्य औपचारिक रूपमा अघि बढिसकेको छ ।जगदुल्ला–ए आयोजनाको पनि अध्ययन र अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेका छन् । नेपालमा पहिलोपटक फरक लगानी मोडलमा सञ्चालित यस कम्पनीमा सरकारी निकाय र स्थानीय तहको ५१ प्रतिशत तथा सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ ।आयोजनाका लागि आवश्यक करिब १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी नबिल बैंक र कर्मचारी सञ्चय कोष लगायतका स्वदेशी वित्तीय संस्थाहरूबाट स्वदेशी पुँजी परिचालन गरेर यो आयाेजना निर्माण हुने भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend