images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • ९८८.९० प्रतिशतले बढ्यो गुराँस लघुवित्तको...

९८८.९० प्रतिशतले बढ्यो गुराँस लघुवित्तको नाफा ,कस्ता छन् प्रमुख सूचक ?

९८८.९० प्रतिशतले बढ्यो गुराँस लघुवित्तको नाफा ,कस्ता छन् प्रमुख सूचक ?

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौं । गुराँस लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

    images
    images

    बढ्यो खुद नाफा 

    चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा लघुवित्तले १ करोड १ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा ९८८.९० प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा संस्थाले ९३ लाख ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    images
    images

    खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि वृद्धी

    पहिलो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी १४२.०८ प्रतिशतले बढेर ३ करोड १४ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी १ करोड २९ लाख रुपैयाँ थियो । यता, सञ्चालन नाफा १ हजार प्रतिशतले बढेको छ । 

    चुक्ता पुँजी र जगेडा कोष

    चुक्ता पुँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको यस संस्थाको जगेडा कोषमा ३ करोड ७० लाख रुपैयाँ छ ।

    प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

    यअवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३१.४१ रुपैयाँले बढेर ३५.०९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३१.९७ रुपैयाँ छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend