images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुन–चाँदीको मूल्य घट्यो , आज कतिमा...

सुन–चाँदीको मूल्य घट्यो , आज कतिमा हुँदैछ किनबेच?

सुन–चाँदीको मूल्य घट्यो , आज कतिमा हुँदैछ किनबेच?

images
images
सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ घटेको छ। आइतबार तोलामा चार हजार सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। 

    images
    images

    आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।आइतबार प्रतितोला चार हजार तीन सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार तीन सय १० रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend