images

२०८३ आश्विन १६ गते

images
images
images
  • कृषि
  • पिँडालुखेतीबाट...

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • बाँके । डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका छन्।यस वर्ष उनले झन्डै पाँचका जग्गामा पिँडालुखेती गरेका छन्। कम लगानीमा राम्रो प्रतिफल प्राप्त हुन थालेपछि उनी पिँडालुखेतीमा लागेका हुन्।मौरियाले भने, “पिँडालुखेतीमा ठुलो लगानी आवश्यक पर्दैन । बीउ, मल र सिँचाइका लागि केही खर्च लाग्छ तर उत्पादन राम्रो भयो भने मेहनत खेर जाँदैन”,  “हामीले वर्षौंदेखि पिँडालुखेती गर्दै आएका छौँ । यसबाट घरखर्च चलाउन सहयोग पुगेको छ र खेतीप्रति उत्साह पनि बढेको छ ।”मौरियाले बीउ रोपेको करिब पाँच महिनापछि उत्पादन बिक्रीका लागि तयार हुन्छ । त्यस अवधिमा खेतको नियमित हेरचाह, गोडमेल तथा सिँचाइ गर्नुपर्ने हुन्छ । “पिँडालु लगाएर छोड्ने मात्र होइन, बीचबीचमा खेतको हेरचाह गरिरहनुपर्छ”, उनले भने।

    images
    images

    उत्पादन भएको पिँडालु बिक्रीका लागि बजारसम्म लैजानुपूर्व नै धेरैजसो व्यापारी खेतमा पुग्ने गरेको उनले बताए।“अहिले तरकारी व्यवसायी खेतमै आएर पिँडालु किनेर लैजानुहुन्छ”, उनले भने, “एकैपटक धेरै परिमाणमा बिक्री हुँदा किसानलाई सहज हुन्छ । खेतमै बिक्री भएपछि ढुवानीको खर्च पनि बच्ने गर्छ ।”उनका अनुसार खेतबाट बिक्री नभएको पिँडालु भने स्थानीय बजारसम्म पुर्‍याएर बिक्री गर्ने गरिएको छ । “कहिलेकाहीँ सबै उत्पादन खेतमै बिक्री हुँदैन”, उनले भने । “त्यस्तो अवस्थामा आफैँ बजारसम्म लगेर बिक्री गर्नुपर्छ। त्यसका लागि केही समय र मेहनत बढी लागे पनि उत्पादन खेर जान दिँदैनौँ ।”नन्दराम मौरियाले गाउँमा सडक सञ्जाल विस्तार भएपछि कृषि उत्पादन बजारसम्म पुर्‍याउन धेरै सहज भएको अनुभव सुनाए। “पहिले बाटो राम्रो थिएन । वर्षाको समयमा झन् समस्या हुन्थ्यो”, उनले भने, “उत्पादन बजारसम्म लैजान कठिन हुने भएकाले किसानले उचित मूल्य पनि पाउन सक्दैनथे । अहिले सडक पक्की भएपछि खेतमा उत्पादन भएको तरकारी, पिँडालु र अन्य कृषिउपज सजिलै बजारसम्म पुग्न थालेका छन् ।”

    “पहिले किसानले बजार खोज्नुपथ्र्यो”, उनले भने, “अहिले व्यापारीहरू गाउँमा आउनुहुन्छ ।”मौरियाले पछिल्ला वर्षमा पिँडालुको बजार मूल्यमा आएको सुधारले किसानलाई थप हौसला मिलेको बताए। “कृषकले उत्पादन गरेको वस्तुको मूल्य राम्रो पाउँदा खेती गर्ने उत्साह बढ्छ”, उनले भने। “मूल्य राम्रो भयो भने किसानले अर्को वर्ष थप क्षेत्रफलमा खेती गर्न चाहन्छन्।”डुडुवा गाउँपालिका बल्दीपुरुवाम नन्दराम मौरियाजस्तै श्रीचन्द मुराउ, अम्बर मुराउलगायत अन्य किसान पनि व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका छन्। स्थानीय किसानका अनुसार यस वर्ष उत्पादन र मूल्य दुवै अनुकूल रहेकाले पिँडालु खेतीबाट राम्रो आम्दानी हुने अपेक्षा गरिएको छ।किसानले उचित मूल्य, सहज बजार पहुँच र कृषि सामग्रीको उपलब्धता सुनिश्चित गर्नसके पिँडालुखेती यसक्षेत्रको महत्वपूर्ण नगदेबालीका रूपमा स्थापित हुनसक्ने विश्वास व्यक्त गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend