काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँट आज सम्पन्न भएको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बिहीबार बिहान गोलाप्रथामार्फत सेयर बाँडफाँट गरेको हो ।बाँडफाँटका क्रममा बल नम्बर ७ परेको छ। कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि सात लाख पाँच हजार पाँच सय कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो। बाँडफाँट परिणामअनुसार ७० हजार ५५० जना आवेदकले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। मागभन्दा आवेदन संख्या अत्यधिक भएकाले अधिकांश आवेदक भने सेयर पाउनबाट वञ्चित भएका छन् ।
आईपीओको नतिजा हेर्न इच्छुक लगानीकर्ताले सीडीएससीको आईपीओ नतिजा पोर्टलमा गई कम्पनीको नाम चयन गर्नुपर्नेछ । त्यसपछि आफ्नो १६ अङ्कको बीओआईडी नम्बर प्रविष्ट गरी आवेदनको अवस्था तथा नतिजा हेर्न सकिनेछ । सर्वोत्तम पेन्ट्सको आईपीओमा उल्लेख्य आकर्षण देखिएको थियो, जसका कारण बाँडफाँट गोलाप्रथा प्रणालीमार्फत गरिएको हो।




.gif)



