काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। बुधबार कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।कम्पनीले शेयरधनीहरूलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको कुल २५ लाख ५ सय ७९ दशमलव ६०३५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ।
सूचीकृत भएपछि उक्त बोनस सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि खरिद–बिक्री गर्न सकिनेछ।एशियन लाइफ इन्स्योरेन्सले यसअघि गरेको लाभांश वितरणअनुसार बोनस सेयर वितरण गरिएको हो। सूचीकृत सेयर अब दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ।




.gif)



