images

२०८३ आश्विन १७ गते

images
images
images

असार ३१ गते युनाइटेड अजोडको साधारणसभा

असार ३१ गते युनाइटेड अजोडको साधारणसभा

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • काठमाडौं ।युनाईटेड अजोड इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । कम्पनीले असार ३१ गतेका लागि साधारणसभा बोलाएको हो ।उक्त सभा काठमाडौं भाटभटेनीस्थित अम्रपाली ब्याकेटमा बिहान १०ः३० बजेदेखि सुरु हुने छ । सभामा गत आर्थिक बर्षको प्रतिवेदन पारित गर्ने, नयाँ लेखापरिक्षक नियुक्त गर्ने निर्णय पारित गर्ने छ । त्यस्तै, कम्पनीमा हाल कायम रहेको २ अर्ब ३१ करोडमा ०.२२५६ प्रतिशतका दरले नगद लाभांश बाउन्न लाख दश हजार पाँचसय छविस पैसा बत्तिस रुपैयाँ प्रस्तावित लाभांशको कर प्रायोजनार्थ पारित गर्ने निर्णय गर्ने भएको छ ।

    images
    images

    सञ्चालक समितिबाट प्रस्ताव गरिएको हाल चुक्ता भएको पूँजी रु.२,३१,००,००,००० (अक्षरेपी दुई अर्ब एकतीस करोड) को ४.२८५७ प्रतिशतले हुन आउने रकम रु.९,९०,००,००० (अक्षरेपी नौ करोड नब्बे लाख ) बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने बारे निर्णय गर्ने भएको छ । त्यस्तै, बिशेष एजेण्ठामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत साधारण सभाबाट कायम भएको जारी पूँजी रु.२,५४,१०,००,००० (अक्षरेपी दुई अर्व चौवन्न करोड दश लाख) मा वोनस सेयर जारी गरे पश्चात कम्पनीको जारी पूँजी रु. २,६४,००,००,००० (अक्षरेपी दुई अर्ब चौसट्ठी करोड ) पुग्ने हुँदा र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने बिषयमा पनि छलफल गर्ने भएको छ ।

    संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायहरुवाट कुनै फेरबदल, थपघट गर्न निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अघि बढाउने भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend