images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सेयर बजार राताम्य, ४ अर्ब...

सेयर बजार राताम्य, ४ अर्ब ३६ करोडको कारोबार

सेयर बजार राताम्य, ४ अर्ब ३६ करोडको कारोबार

images
images
मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • साताको सेयर कारोबार हुने दोस्रो दिने आज सेयर बजार राताम्य भएर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक २६.१६ अंकले घटेर बन्द भएको हो । 

    images
    images

    आजको कारोबार बन्द हुँदा परिसूचक ०.९६ प्रतिशतले घटेर २६७४.४८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य घटेको छ । आज २२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । आज ११ कम्पनीको सेयर मुल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले घटेर ४६१.४८ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मूल्य मात्रै आज बढेको छ । परिसू

    चक राताम्य भएको दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ४४ करोड माथिको कारोबार भएको बजारमा आज भने ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३५३ कम्पनीका १ करोड ४० हजार १६४ कित्ता सेयर ७२ हजार ८५४ पटक खरिद बिक्री हुँदा उक्त मूल्यको कारोबार भएको हो । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकात्मक सर्किट लागेर कारोबार भएको छ भने एउटा कम्पनीको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend