images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • रास्वपा महाधिवेशन : भोलि मतदान, उम्मेदवार...

रास्वपा महाधिवेशन : भोलि मतदान, उम्मेदवार बन्न कति लाग्छ शुल्क र के-के चाहिन्छ ?

रास्वपा महाधिवेशन : भोलि मतदान, उम्मेदवार बन्न कति लाग्छ शुल्क र के-के चाहिन्छ ?

images
images
मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान हुने भएको छ। महाधिवेशनको बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने र मतदानको कार्यतालिका सार्वजनिक गरिने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मंगलबार दिउँसो २ बजे सुरु हुने बन्दसत्र साँझ ६ः४५ बजे सकिनेछ। त्यसपछि उम्मेदवारी दर्ता तथा निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि बढाइनेछ।रास्वपाले नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। प्रत्यक्ष रूपमा महाधिवेशनमा सहभागी हुन नसकेका प्रवासमा रहेका प्रतिनिधिले पार्टीको मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था गरिएको छ। मतदानका लागि ८० वटा विद्युतीय उपकरण तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।

    images
    images

    महाधिवेशनबाट एक सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछन्। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ भने त्यसपछि पदाधिकारी चयनको प्रक्रिया अघि बढाइनेछ।निर्वाचन आयोगले सार्वजनिक गरेको सूचनाअनुसार सभापति पदमा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। साथै एक जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य हुनेछन्।त्यस्तै, पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ शुल्क, एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्नेछन्। केन्द्रीय सदस्य पदका उम्मेदवारले २१ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने एक जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने व्यवस्था गरिएको छ।उम्मेदवारी दर्ताका लागि मनोनयन फाराम, शुल्क बुझाएको प्रमाण, अनुशासन कारबाहीमा नपरेको स्वघोषणापत्र, पार्टी सदस्यताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइज फोटो पेश गर्नुपर्ने आयोगले जनाएको छ।

    निर्वाचन आयोगले कुनै पनि पदका उम्मेदवार अर्को उम्मेदवारको प्रस्तावक वा समर्थक बन्न नपाउने स्पष्ट पारेको छ। प्रस्तावक वा समर्थक रहेका व्यक्तिले उम्मेदवारी दिएमा सम्बन्धित उम्मेदवारी स्वतः खारेज हुने जनाइएको छ।रास्वपाको विधानअनुसार पदाधिकारीमा एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष र एक प्रवक्ता रहने व्यवस्था छ।पार्टीभित्र सभापति पदमा वर्तमान सभापति रवि लामिछाने को एकल उम्मेदवारी पर्ने सम्भावना रहेको चर्चा भए पनि उम्मेदवारी दर्तापछि मात्र अन्तिम तस्वीर स्पष्ट हुने निर्वाचन आयोगले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend