images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • पहिलो दिनमै समता घरेलु लघुवित्तको एफपीओमा...

पहिलो दिनमै समता घरेलु लघुवित्तको एफपीओमा आवेदकको ओइरो ।

पहिलो दिनमै समता घरेलु लघुवित्तको एफपीओमा आवेदकको ओइरो ।

images
images
सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • काठमाडौंः समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा पहिलो दिनमै मागभन्दा ११.९४ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा पहिलो दिन साँझ ५ः०६ बजेसम्ममा ४१ करोड ९० लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

    images
    images

    जसमा २ लाख ६० हजार ४५४ जना आवेदकहरुले ४१ लाख ९० हजार ७५० कित्ताका लागि आवेदन दिएका हुन् । यस लघुवित्तले आज (कात्तिक १२ गते) देखि प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९४०.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । 

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । 

    images
    images

    यसमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । 

    कस्तो छ रेटिङ ?

    क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ । इक्रा नेपालले २०८१ साउन २५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ साउन २१ गतेसम्म बाहल रहनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend