images

२०८३ आश्विन १८ गते

images
images
images

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन खुल्याे

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन खुल्याे

images
images
सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  •  काठमाडौं ।   समता घरेलु लघुवित्तको एफपीओमा आवेदन खुला भएको छ । कम्पनीले तीन लाख ५० हजार नाै सय चार कित्ता एफपीओ जारी गरेको हो ।

    images
    images

    प्रतिकित्ता एक सय रुपैयाँका दरले जारी हुने एफपीओमा सर्वसाधारणले आजदेखि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले एफपीओबाट तीन करोड ५० लाख ९० हजार चार सय २५ रुपैयाँ सङ्कलन गर्नेछ । न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणमा कम्तीमा ३० प्रतिशत शेयर निष्कासन गर्नुपर्ने प्रावधानअनुसार ३० प्रतिशत पुर्‍याउन समता लघुवित्तले एफपीओ जारी गरेको हो । हिजो बजार बन्द हुँदा समता लघुवित्तको शेयर मूल्य प्रतिकित्ता आठ सय ५२ रुपैयाँ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend