काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको १०० रूपैयाँले घटेर २ लाख ९७ हजार २०० रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार एक तोला सुनको मूल्य २ लाख ९७ हजार ३०० रुपैयाँ थियो ।
यता, चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ घटेको छ । यस दिन एक तोला चाँदीको मूल्य ५ हजार ४८० रुपैयाँ कायम भएको छ । बुधबार एक तोला चाँदीको मूल्य ५ हजार ४८८ रुपैयाँ थियो ।




.gif)



