images

२०८३ आश्विन १६ गते

images
images
images
  • कृषि
  • किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन...

किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य

किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य

images
images
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • चितवन । यहाँका किसानले राज्यले तोकेका चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन् । साना किसान कृषि सहकारी संस्था लि का अध्यक्ष रामशरण पाठककले एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले समर्थन मूल्य पाउन नसकेको बताए ।  पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लि का अधिकांश किसानले समर्थन मूल्य नपाएका हुन् । समर्थन मूल्यसमेत नपाएपछि भने किसान दुःखी भएका छन् । भरतपुर महानगरपालिका–२८, राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेलले किसानले समर्थन मूल्य नपाउँदा किसान निरासा भएको बताउँछन् ।  

    images
    images

    जिल्लामा चैते ५, हर्दिनाथ १, पिआर, टाइचिन जातका चैते धान खेती गरिएको थियो । भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेल समर्थन मूल्य नपाउँदा किसानलाई मर्का परेको बताउँछन् ।  कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले चैते धानको समर्थन मूल्य तोक्न सरकारले ढिलाइ गरेको बताउँछन् । यस वर्ष  चितवनमा नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend