images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

images
images
आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • काठमाडौं । आइतबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । लगातार सात दिनसम्म दिनदिनै नयाँ रेकर्ड बनाउँदै बढेको सुनको मूल्य बिहीबार सामान्य घटेको थियो भने शुक्रबार स्थिर रहेको थियो । आइतबार पुन: एकैदिन एक हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

    images
    images

    शुक्रबार प्रतितोला एक लाख ६६ हजार रुपैयाँले कारोबार भएको सुनको मूल्य आज तोलामा एक लाख ६७ हजार ४०० पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

    यसदिन चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार शुक्रबार तोलामा दुई हजार ९५ रुपैयाँले कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर प्रतितोला दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend