images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको...

अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध

अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध

images
images
शुक्रवार, जेठ २२ २०८३
शुक्रवार, जेठ २२ २०८३
  • चितवन । बढ्दो गर्मीका कारण विद्युत्‌काे माग बढेकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री नचलाउन नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण शाखाले अनुरोध गरेको छ।गर्मीमा विद्युतीय खपत बढेसँगै प्रसारण तथा वितरण लाइन एवं ट्रान्सफर्ममा ओभरलोड हुन गई भोल्टेजको समस्या देखिएकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री सञ्चालन नगर्न नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीले बताए।

    images
    images

    अहिले गर्मी बढेसँगै ओभरलोडका कारण ट्रान्सफर्मर पड्कने, तार पग्लने, जल्नेजस्ता समस्या आएकाले विद्युत् आपूर्तिमा समस्या हुन गएको छ। नेपाल विद्युत् प्राधिकरणको ग्रीड सबस्टेशन अटोमेसन आयोजनाले ग्रीड सबस्टेशनलाई अटोमेसन गर्न लागेकाले समेत विद्युत् आपूर्तिमा समस्या भएको उनले जानकारी दिए।भरतपुर महानगरपालिका वडा नं ११ मा रहेको सबस्टेशनमा १० वटा पिलरको फिडरलाई अटोमेसन गर्ने काम गरिएको थियो । वैशाख १६ गतेदेखि सुरु गरिएको अटोमेसन कार्य रोकिएको छ भने वितरण केन्द्रबाट दैनिक ६५ मेगावाट विद्युत् खपत हुँदै आएको छ।

    यस केन्द्रमा १८० मेगावाटको क्षमता छ। यहाँबाट चनौली वितरण केन्द्रमा समेत विद्युत् जाने गर्दछ । केन्द्रमा हाल ७५ हजार ग्राहक छन्। सबै ग्राहकले गर्मीको समयमा विद्युत् खपत बढाउँदा समस्या आएको चौधरीले बताउनुभयो । यस वितरण केन्द्रका दुईवटा सबस्टेसनमा ९०–९० मेगावाट विद्युत् आपूति हुने गर्दछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend