images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा यस साता एकपछि अर्को...

सुनको मूल्यमा यस साता एकपछि अर्को रेकर्डः साताभरमा १ हजारले मूल्य वृद्धि

सुनको मूल्यमा यस साता एकपछि अर्को रेकर्डः साताभरमा १ हजारले मूल्य वृद्धि

images
images
शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • काठमाडौँ । यस साता सुनको मूल्यले एक पछि अर्को रेकर्ड कायम गरेको छ । यस साता सुनको मूल्यमा दैनिक वृद्धि भएको हो । आइतबार हाल सम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    कारोबारको दोस्रो दिन सोमबार पनि पुनः रेकर्ड राख्दै प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । त्यस्तै, मंगलबार र बुधवार समेत रेकर्डमाथि अर्को रेकर्ड कायम गरेको सुनको मूल्य बुधवार पुनः ऐतिहासिक उचाइमा पुगेर प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ।

    सातामा लगातार चार दिन लगातार मूल्यवृद्धि भएको सुनको मूल्य बिहीबार भने सामान्य घटेको हो। साताको अन्तिम शुक्रवार सुन स्थिर रहेर प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको हो । साताको पहिलो दिनको तुलनामा शुक्रवार सुन तोलामा एक हजार रुपैयाँ बढी हो ।

    images
    images

    यो साता नेपाली बजारमा चाँदीको मूल्यले पनि रेकर्ड कायम गरेको छ। आइतबार चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । साताको अन्तिम कारोबारका दिन शुक्रवार प्रतितोला दुई हजार ६० रुपैयाँ कायम भएको छ। यसरी, यो साता चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावसँगै पछिल्लो केहि समययता सुनको भाउ बढिरहेको छ । यससँगै, रसियाले अगाडि सारेको ब्रिक्स मुलुकहरूले छुट्टै मेटल एक्स्चेञ्ज स्थापना गर्ने प्रस्तावका कारण सुनचाँदी जस्ता बुहुमुल्य वस्तुको मूल्य वृद्धिमा टेवा पुगेको विश्लेषकहरूको भनाई छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend