images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • १६६ मेगावाटको सुपर तमोरका लागि ...

१६६ मेगावाटको सुपर तमोरका लागि जुट्यो १९ अर्बको स्रोत

१६६ मेगावाटको सुपर तमोरका लागि जुट्यो १९ अर्बको स्रोत

images
images
बिहिवार, जेठ २१ २०८३
बिहिवार, जेठ २१ २०८३
  • काठमाडौं। १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाका लागि करिब १९ अर्ब रुपैयाँको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ। आयोजना प्रवर्द्धक कम्पनी त्रिशक्ति पावर डेभलपमेन्ट प्रालि र विभिन्न बैंक तथा वित्तीय संस्थाबीच बुधबार वित्तीय व्यवस्थापनसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।सम्झौताअनुसार आयोजनाको वित्तीय व्यवस्थापनमा ग्लोबल आइएमई बैंकको अगुवाइ रहनेछ। बैंकको नेतृत्वमा सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, कृषि विकास बैंक र नेपाल एसबीआई बैंक सहभागी रहेको बैंकिङ कन्सोर्टियमले आयोजनामा करिब १९ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ।

    images
    images

    सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी तथा त्रिशक्ति पावर डेभलपमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यलगायत सहभागी बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्।गरिएको उक्त आयोजनामा ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा नेपाल एसबीआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने सहमति भएको छ।सम्झौताअनुसार आयोजनाको कुल लागतको ७५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाबाट ऋणका रूपमा जुटाइनेछ भने बाँकी २५ प्रतिशत संस्थापक तथा अन्य लगानीकर्ताबाट इक्विटीमार्फत व्यवस्थापन गरिनेछ।

    सम्झौतापछि आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले आयोजना निर्धारित समयभित्र सम्पन्न भई मुलुकको ऊर्जा उत्पादन क्षमता वृद्धि तथा विद्युत् निर्यात प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले आयोजनाको सफल कार्यान्वयनका लागि शुभकामना पनि दिए।ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुन लागेको सुपर तमोर जलविद्युत् आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ। आयोजना निर्माण सुरु भएको मितिले पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।यसैबीच, वित्तीय व्यवस्थापनको नेतृत्व गरेको ग्लोबल आइएमई बैंले हाल देशका ७७ वटै जिल्लामा बैंकिङ सेवा विस्तार गरेको जनाएको छ। बैंकका ३४४ शाखा कार्यालय, ३८५ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन्।बैंकले हालै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट ‘बेस्ट बैंक नेपाल’, ‘बेस्ट बैंक इन ईएसजी नेपाल’ तथा ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’ लगायतका सम्मान प्राप्त गरेको जनाएको छ। साथै, बैंकले विभिन्न मुलुकबाट नेपालमा विप्रेषण (रेमिट्यान्स) सेवा उपलब्ध गराउँदै आएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend