images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • महानगर यातायातद्वारा थप १६ वटा विद्युतीय...

महानगर यातायातद्वारा थप १६ वटा विद्युतीय बस सञ्चालन

महानगर यातायातद्वारा थप १६ वटा विद्युतीय बस सञ्चालन

images
images
बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • काठमाडौँ । महानगर यातायात प्रालिले थप १६ वटा विद्युतीय बस संचालनमा ल्याएको छ । बुधबार काठमाडौँमा शशिला मोटर्स प्रालिले महानगर यातायात प्रालिलाई विद्युतीय बस हस्तान्तरण गरेको हो । ३३ सिट क्षमता भएको नयाँ विद्युतीय बस उभिएर यात्रा गर्ने यात्रुहरूका लागि पनि सहज डिजाइन गरिएको बताइएको छ । चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्ने महानगर यातायातले जनाएको छ । 

    images
    images

    नयाँ बसहरूको सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबका दिनमा विद्युतीय सवारी साधनको विकल्प नभएको भन्दै महानगर यातायातले यो सेवालाई थप विस्तार गर्दै लैजाने जानकारी दिए ।  महानगर यातायात प्रा.लि. ले २८ वटा सिटी बस र २४ वटा माइक्रो बस गरी ५२ वटा विद्युतीय सवारी सञ्चालन गरिरहेको जानकारी दिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend