images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • कमलादीमा स्काईवाक टावर सञ्चालन गरेको वन्डर्स...

कमलादीमा स्काईवाक टावर सञ्चालन गरेको वन्डर्स नेपालको १ वर्षको व्यापार १२ करोड ५० लाख

कमलादीमा स्काईवाक टावर सञ्चालन गरेको वन्डर्स नेपालको १ वर्षको व्यापार १२ करोड ५० लाख

images
images
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौंः वन्डर्स नेपाल प्रालिले गत वर्ष (सन् २०२४) मा १२ करोड भन्दा धेरैको व्यापार गरेको छ । यस कम्पनीले गत वर्ष १२ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङले जनाएको हो । वन्डर्स नेपाल मार्च २०, सन् २०१८ मा स्थापना भएको एक निजी लिमिटेड कम्पनी हो । यसले काठमाडौंको कमलादीमा २६ तले अग्लो स्काईवाक टावर सञ्चालन गरेको छ । 

    images
    images

    यो स्काईवाक टावर राष्ट्रकै अग्लो हो । र, दक्षिण एसियामा पहिलो पटक बनेको २५६ फिट अग्लो स्काईवाक टावर पनि रहेको एजेन्सीले जनाएको छ । यस कम्पनीले ६० करोड रुपैयाँ बैंक कर्जाका लागि ‘केयर एनपी बीबी माइनस’ रेटिङ गराएको छ । स्काईवाक टावरले सन् २०२३ को मध्य जुनमा आफ्नो व्यावसायिक सञ्चालन सुरु गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend