images

२०८३ आश्विन १६ गते

images
images
images

टिभिएसको 'अटोमोटिभ इभेन्ट' सुरू

टिभिएसको 'अटोमोटिभ इभेन्ट' सुरू

images
images
बिहिवार, जेठ १४ २०८३
बिहिवार, जेठ १४ २०८३
  • टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले 'टिभिएस मा अपग्रेड हान्नेलाई अचम्मैको डिल' नामक सात दिने विशेष अटोमोटिभ इभेन्ट घोषणा गरेको छ।यो इभेन्ट जेठ १३ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको हो।नेपालभरका ग्राहकहरूका लागि नयाँ टिभिएस दुईपांग्रे सवारीसाधन स्वामित्वलाई पहिलेभन्दा अझ सहज र लाभदायी बनाउन यो इभेन्ट डिजाइन गरिएको हो।

    images
    images

    'टिभिएस मा अपग्रेड हान्नेलाई अचम्मैको डिल' यस वर्षको नेपालकै सबैभन्दा ठूलो टिभिएस दुईपांग्रे इभेन्ट हो।यस कार्निभलले ग्राहक, मोटरसाइकल तथा स्कुटरप्रेमीहरू र उद्योग सरोकारवालाहरूलाई एउटै छानामुनि ल्याउनेछ।आगन्तुकहरूले टिभिएस मोटरसाइकल र स्कुटरहरूको सम्पूर्ण रेन्ज अवलोकन गर्नुका साथै विशेष एक्सचेन्ज तथा फाइनान्स अफरहरूको लाभ लिन सक्नेछन्।साथै, कार्यक्रममा नयाँ उत्पादन अनावरण, प्रत्यक्ष मनोरञ्जन तथा उत्साहपूर्ण कार्निभल वातावरणको अनुभव गर्ने अवसर पनि उपलब्ध हुने कम्पनीको भनाइ छ।


    कार्निभलमा सहभागी ग्राहकहरूले निम्न आकर्षक अफरहरूको लाभ लिन सक्नेछन्:
    अचम्मैको मूल्यांकन— कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्दा।
    निकै कम इएमआई— दैनिक १३९ रूपैयाँबाट सुरू, जसले दुईपांग्रे सवारी स्वामित्व सबैका लागि सहज बनाउँछ।
    बबाल नगद छुट— छनोट गरिएका टिभिएस मोडलहरूमा।
    तत्काल फाइनान्स (फटाफट फाइनान्स)— छिटो ऋण स्वीकृतिका लागि नागरिकता र लाइसेन्स मात्र आवश्यक।
    निःशुल्क एसोसरिज— नयाँ सवारी खरिदमा।
    आजीवन वारेन्टी— सबै मोडलहरूमा उपलब्ध।

    images
    images

    यस वर्षको कार्निभलको विशेष आकर्षण एक्सचेन्ज कार्यक्रम हो। ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटर ल्याएर, पूर्ण मूल्य अभिवृद्धि लाभसहित नयाँ टिभिएस दुईपांग्रे सवारीसँग एक्सचेन्ज गर्न सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend