images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • ६ महिनामा एनटर्क बच्ने शंकर ग्रुपको...

६ महिनामा एनटर्क बच्ने शंकर ग्रुपको जगदम्बाले बेच्यो ९ अर्बको स्कुटर र बाइक

६ महिनामा एनटर्क बच्ने शंकर ग्रुपको जगदम्बाले बेच्यो ९ अर्बको स्कुटर र बाइक

images
images
आइतवार, जेठ १० २०८३
आइतवार, जेठ १० २०८३
  • काठमाडौं । शंकर ग्रुपको जगदम्बा मोटर्सले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ९ अर्ब रुपैयाँको कारोबार गरेको छ ।कम्पनीले चालु आवको अर्धवार्षिक अवधि सकिँदासम्म ९ अर्ब ६ करोड ८० लाख रुपैयाँको बाइक तथा स्कुटर बेचेको हो ।
    कम्पनीले गत आवमा १२ अर्ब ५५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२४ मा ८ अर्ब ७७ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ७ अर्ब ८१ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।दुई पाङ्ग्रे सवारी साधनको उच्च माग भएपछि कम्पनीको व्यापार एक वर्षमै ४३ प्रतिशतले बढेको थियो । टीभीएसका स्कुटर र बाइकको माग बढिरहँदा चालु आवको ६ महिनामा पनि व्यापार उच्च दरले बढेको देखिन्छ ।

    images
    images

    व्यापार बढ्दा कम्पनीको नाफा मार्जिन केही घटेको छ । गत आवमा ७.०९ प्रतिशत रहेको सञ्चालन नाफा चालु आवको ६ महिनाको अवधिमा घटेर ६.१० प्रतिशत देखिएको छ ।सन् २०२३ मा १०.०२ प्रतिशतले नाफा मार्जिन निरन्तर कम हुँदै आएको देखिन्छ ।सन् २०१० मा एसजी ग्लोबल प्रालिमा दर्ता भएको कम्पनी सन् २०१५ मा नाम परिवर्तन गरी जगदम्बा मोटर्स बनेको थियो । शंकर ग्रुपको यो कम्पनी टीभीएस मोटर्स कम्पनीको नेपालको लागि आधिकारिक विक्रेता हो ।कम्पनीले टीभीएसको सम्पूर्ण सामग्री र प्रोटोन कार नेपालमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले चार पाङ्ग्रे विद्युतीय सवारी साधन जेएमईभी र चेरी ब्रान्डको कार पनि विक्री गर्दै आएको छ । कम्पनीले आफ्नो व्यापार विस्तार गर्दै जेडटीई ब्रान्डको स्मार्टफोनको पनि विक्री वितरण गर्ने भएको छ ।

    साहिल अग्रवाल निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब ९७ करोड ९३ लाख रुपैयाँको रेटिङ गराएको छ ।कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४९ करोड ३७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब ४८ करोड ५६ लाख रुपैयाँको रेटिङ गराएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend