images

२०८३ आश्विन १६ गते

images
images
images

रामप्रसादराई गाउँपालिकामा ‘प्रतिभा पहिचान कार्यक्रम’

रामप्रसादराई गाउँपालिकामा ‘प्रतिभा पहिचान कार्यक्रम’

images
images
शनिवार, जेठ ९ २०८३
शनिवार, जेठ ९ २०८३
  • भोजपुर, ९ जेठ । भोजपुरको रामप्रसादराई गाउँपालिकाले विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभाको खोज, पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्य सहित विद्यार्थी लक्षित प्रतिभा पहिचान कार्यक्रम सुरु गरेको छ । 

    images
    images

    विद्यार्थीहरूको समग्र क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित गाउँपालिकाले यही जेठ ८ गतेदेखि १० गतेसम्म तीन दिने कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

    कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको बौद्धिक, सिर्जनात्मक तथा सांस्कृतिक क्षमताको मूल्याङ्कन हुने गरी विभिन्न १० विधामा प्रतिस्पर्धा गराइने गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिएका छन् । उनका अनुसार हाजिरी जवाफ, वक्तृत्वकला, नृत्य, एकल गायन, चित्रकला, निवन्ध लेखन लगायतका विधाहरू समेटिएका छन् । 

    images
    images

    गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई सहभागी गराई उनीहरूको रुचि र क्षमता अनुसार प्रतिस्पर्धामा सहभागी गराइने व्यवस्था गरिएको उनले बताएका छन् ।  प्रतियोगितामा कक्षा ६ देखि कक्षा १२ अध्यायन गराइरहेका विद्यालयको सहभागिता रहेको छ । 

    “विद्यार्थीमा रहेको लुकेका प्रतिभालाई पहिचान गरी प्रोत्साहन गर्ने लक्ष्यले यो कार्यक्रम सञ्चालन गरेका हौँ,” अध्यक्ष राईले भने, “विद्यार्थीलाई सही अवसर र मार्गदर्शन दिनसके भविष्यमा सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ।”

    कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कार, प्रमाणपत्र तथा नगदसहित सम्मान प्रदान गरिनेछ । विद्यालयस्तरमै लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने, उनीहरूमा आत्मविश्वास अभिवृद्धि गर्ने तथा सकारात्मक प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले जानकारी दिएका छन् । 

    उनका अनुसार गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारसँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकासमा विशेष ध्यान दिँदै आएको छ । “पाठ्यपुस्तकमा सीमित शिक्षा मात्र पर्याप्त हुँदैन,” उनले भने, “व्यवहारिक, सिर्जनात्मक र प्रतिस्पर्धात्मक सीप विकासका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक छन् ।”

    स्थानीय तहको यस्तो पहलले ग्रामीण क्षेत्रमा रहेका विद्यार्थीहरूलाई प्रतिभा प्रस्तुत गर्ने प्रभावकारी मञ्च हुनका साथै उनीहरूलाई भविष्यमा जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरसम्म प्रतिस्पर्धा गर्न सक्षम बनाउने स्थानीय जानकारहरुको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend