images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला...

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

images
images
बिहिवार, जेठ ७ २०८३
बिहिवार, जेठ ७ २०८३
  • काठमाडौँ । गर्मीको आगमनसँगै बजारमा छ्याप्छ्याप्ती आँप देखिन थाल्छ ।कोही मानिसहरू आँपलाई फ्रिजमा राखेर चिसो आँप टोकेर वा चुसेर खान रुचाउँछन् भने कोही आँपको रस, शेक वा आँपको मिठाई खान उत्सुक हुन्छन् । स्वाद र पोषणले भरिपूर्ण यो फल धेरैजसोको मनपर्ने फल हो । तर कहीलाई आँप खाएपछि पेट दुख्न थाल्छ । कसैको पेटमा ग्यास बन्दछ त कसैलाई पेटमा भारी महसुस हुन्छ र कसैलाई पखाला पनि लाग्छ ।

    images
    images

    स्वास्थ्य विज्ञहरू आँप आफैंमा हानिकारक नभएको विश्वास गर्छन् । तर खाने विधि, मात्रा र शरीरको पाचन क्षमताले यसको स्वास्थ्य लाभ निर्धारण गर्छ । स्वस्थ व्यक्तिहरूले आँप खाएपछि सामान्यतया पखाला अनुभव गर्दैनन् भनेर सीके बिर्ला अस्पतालकी क्लिनिकल पोषणविद् दीपाली शर्मा भन्छिन् । एक पटकमा धेरै आँप नखाँदासम्म वा अनुचित तरिकाले आँप नखाँदासम्म यस्तो नहुने उनी भन्छिन् ।

    एकै पटकमा खानु हुन्न धेरै आँप

    images
    images

    आँपमा राम्रो मात्रामा फाइबर हुन्छ । यसले पाचन सुधार गर्न मद्दत गर्छ । तर आवश्यकताभन्दा धेरै फाइबरको सेवन गर्दा पेट दुख्न सक्छ । धेरै मानिसहरूले एकैचोटि ३–४ वटा आँप खान्छन्, जसले पेटमा दबाब बढाउन सक्छ र पखाला नै निम्ताउन सक्छ । 

    प्राकृतिक चिनी

    आँपमा फ्रुक्टोज हुन्छ । यो भनेको फलफूलको चिनी हुन्छ । केही मानिसको शरीरले यसलाई सजिलै पचाउन सक्दैन । यसले ग्यास, पेट फुल्ने र पेट दुख्ने जस्ता पेटका समस्याहरू निम्त्याउन सक्छ । पहिले नै कमजोर पाचन भएका मानिसहरूले यी समस्याहरू अझ बढी अनुभव गर्न सक्छन् । 

    धेरै पाकेको आँपले पनि निम्त्याउँछ समस्या

    धेरै पाकेको आँपको स्वाद मीठो हुन्छ, तर केहीको लागि यो मिठासले एसिडिटी र पेटमा जलन निम्त्याउन सक्छ । विशेष गरी यदि खाली पेटमा वा धेरै मात्रामा आँप खाएमा यसले पेट खराब हुने जोखिम बढाउन सक्छ ।

    हानिकारक हुन सक्छ रासायनिक रूपमा पाकेको आँप

    केही ठाउँमा आँपलाई चाँडै पकाउन रसायनहरूको प्रयोग गरिन्छ । यसरी पकाइएका आँप प्रायः पेटको लागि प्रतिकूल हुन्छन् र आन्द्रामा जलन गराउन सक्छन् । त्यसैले, प्राकृतिक रूपमा पाकेको आँप किन्ने प्रयास गर्नुहोस् ।

    सरसफाइमा ध्यान

    गर्मीमा फलफुल छिट्टै बिग्रिन्छन् । तपाईले राम्ररी नपखालिकन काटेको आँपलाई लामो समयसम्म खुल्लामा राख्नुभयो भने यसमा ब्याक्टेरिया उतपन्न हुन थाल्छन् । यस्तो आँप खाँदा पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने समस्या आउन सक्छ । सडक किनारामा खुल्लामा काटेर बेचिने फलफूल सकेसम्म नखानुस् ।

    आँप खाँदा ध्यानमा राख्नुस् यी कुराहरूः

    ·         एकैचोटि धेरै आँप नखानुस् ।

    ·         खानु अघि आँप राम्ररी धुनुहोस् ।

    ·         काटेको आँपलाई लामो समयसम्म बाहिर नछोड्नुहोस् ।

    ·         तेल वा मसलादार खानासँग आँप नखानुहोस् ।

    ·         यदि तपाईंको पेट संवेदनशील छ भने सन्तुलित मात्रामा आँप खानु पर्छ । 

    आँप खान बन्द गर्नुपर्छ र ?

    आँपमा शरीरको लागि लाभदायक मानिने धेरै आवश्यक पोषक तत्त्वहरू पाइन्छ । त्यसैले आँपलाई पूर्ण रूपमा बेवास्ता गर्नु हुँदैन । तपाईंलाई चाहिएको भनेको सन्तुलित आहार र यसलाई खाने सही तरिका हो । उचित सावधानी अपनाउने हो भने स्वादका साथ आँप खान सकिन्छ र कुनै समस्याबिना यसको मीठो स्वादको आनन्द लिन सकिन्छ । 

    (अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend