images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • जीओ अटोमोबाइल्सले नेपालमा ल्यायो एमजी हेक्टर,...

जीओ अटोमोबाइल्सले नेपालमा ल्यायो एमजी हेक्टर, प्रारम्भिक मूल्य ६६.९९ लाख

जीओ अटोमोबाइल्सले नेपालमा ल्यायो एमजी हेक्टर, प्रारम्भिक मूल्य ६६.९९ लाख

images
images
बिहिवार, जेठ ७ २०८३
बिहिवार, जेठ ७ २०८३
  • एमजी मोटर इन्डियाको आधिकारिक आयातकर्ता तथा वितरक जीओ अटोमोबाइल्स प्रालिले नेपाली बजारमा नयाँ एमजी हेक्टर औपचारिक रूपमा सार्वजनिक गरेको छ । थापाथलीस्थित एमजी शोरूममा बिहीबार एक समारोह आयोजना गर्दै यसको बिक्री–वितरण खुल्ला गरिएको हो ।केही समय अघि मात्रै सार्वजनिक भएका एमजी विन्डसर र एमजी कमेटको सफलतापछि कम्पनीले नयाँ हेक्टर बजारमा ल्याएको हो । यससँगै नेपालमा एमजी ब्रान्डका सवारीसाधनको दायरा थप विस्तार भएको कम्पनीले जनाएको छ ।

    images
    images

    कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा स्तरोन्नत प्रविधि, थप प्रिमियम विशेषता तथा अझ आकर्षक बाह्य स्वरूप समावेश गरिएको छ । समान मूल्य समूहका अन्य प्रतिस्पर्धी सवारीसाधनको तुलनामा नयाँ हेक्टरले ठूलो एसयूभी अनुभव, उत्कृष्ट सुविधा, उच्च आराम तथा दैनिक प्रयोगमा बढी उपयोगिता प्रदान गर्ने दाबी गरिएको छ ।आधुनिक परिवार तथा प्रविधिमैत्री एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरी तयार गरिएको नयाँ एमजी हेक्टरमा आकर्षक डिजाइनसँगै परिष्कृत चालक अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ । सवारीसाधनमा प्रिमियम आन्तरिक सजावट, स्मार्ट जडान प्रणाली, उत्कृष्ट सुरक्षा सुविधा, फराकिलो केबिन तथा प्रयोगकर्तामैत्री सुविधा समावेश गरिएको छ ।कम्पनीका अनुसार यो नयाँ संस्करण बजारमा यसअघि उपलब्ध हेक्टरको तुलनामा डिजाइन, प्रविधि, सुविधा तथा समग्र प्रिमियम अनुभवका हिसाबले उल्लेखनीय रूपमा परिष्कृत छ ।

    सार्वजनिकरण कार्यक्रममा बोल्दै जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले नयाँ एमजी हेक्टर नेपाली बजारमा ल्याउन पाउँदा खुशी लागेको बताए । उनका अनुसार, ‘एमजी हेक्टर विश्वभर एमजीको सबैभन्दा लोकप्रिय र परिष्कृत एसयूभीमध्ये एक हो । यसको प्रिमियम अनुभव, उत्कृष्ट प्रविधि, फराकिलो बनावट तथा उच्च मूल्य–सुविधा सन्तुलनले ग्राहकको विश्वास जितेको छ । नयाँ सार्वजनिक हेक्टरमा थप सुविधा, उच्च आराम, आकर्षक डिजाइन तथा आधुनिक प्रविधि समावेश गरिएको छ, जसले यसलाई आफ्नो संस्करणमा अझ प्रतिस्पर्धी बनाएको छ ।’उनले नेपालका ग्राहकका लागि शैली, सुरक्षा, प्रविधि तथा व्यवहारिकताको समिश्रण खोज्नेहरूका लागि नयाँ एमजी हेक्टर उपयुक्त विकल्प हुने विश्वास व्यक्त गरे ।एमजी हेक्टर नेपालमा ६६ लाख ९९ हजार रूपैयाँ प्रारम्भिक मूल्यबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । यो एसयूभी चार फरक संस्करणमा उपलब्ध गराइएको छ ।

    images
    images

    कम्पनीका अनुसार नयाँ एमजी हेक्टरको सार्वजनिकसँगै नेपालमा एमजी ब्रान्डको उपस्थिति अझ सुदृढ हुने अपेक्षा गरिएको छ । साथै जीओ अटोमोबाइल्सले विश्वस्तरीय सवारीसाधनसँगै भरपर्दो बिक्रीपछिको सेवा, आधिकारिक पुर्जाको सहज उपलब्धता तथा ग्राहककेन्द्रित सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।ग्राहकहरूले थापाथलीस्थित एमजी शोरूममा गएर नयाँ एमजी हेक्टर प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । साथै परीक्षण यात्राका लागि बुकिङ वा थप जानकारीका लागि ९८१०२००६२ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend