images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • बुन्डिबुग्यो इबोलाविरुद्धको खोप बन्न अझै नौ...

बुन्डिबुग्यो इबोलाविरुद्धको खोप बन्न अझै नौ महिना लाग्ने

बुन्डिबुग्यो इबोलाविरुद्धको खोप बन्न अझै नौ महिना लाग्ने

images
images
बिहिवार, जेठ ७ २०८३
बिहिवार, जेठ ७ २०८३
  • न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले इबोलाको बुन्डिबुग्यो प्रजातिविरुद्धको खोप तयार हुन नौ महिनासम्म लाग्न सक्ने बताएको छ।डब्लूएचओका सल्लाहकार डा. वासी मुर्तीले बुधबार दिएको जानकारी अनुसार बुन्डिबुग्यो प्रजातिविरुद्ध दुईवटा सम्भावित खोपहरू विकास भइरहेका छन् । तर तीमध्ये कुनैको पनि अहिलेसम्म क्लिनिकल परीक्षण भएको छैन।डब्लूएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले इबोलाका ६०० संदिग्ध बिरामी भेटिएको र १३९ जनाको मृत्यु भएको आशंका गरिएको बताएका छन्। भाइरस पत्ता लाग्न समय लागेकाले यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

    images
    images

    जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै टेड्रोसले पहिलो पटक संक्रमण देखिएको प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा ५१ र छिमेकी देश युगान्डामा दुई जनामा संक्रमण पुष्टि भएको बताएका छन्। आइतबार डब्लूएचओले यसलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरे पनि यो महामारीको स्तरमा भने नपुगेको स्पष्ट पारेको छ।टेड्रोसका अनुसार मंगलबार बसेको स्वास्थ्य संगठनको आपत्कालीन समितिको बैठकले यो अवस्था महामारीको आपत्काल नभएको कुरामा सहमति जनाएको हो। उनले डब्लूएचओले यस महामारीको जोखिमलाई राष्ट्रिय र क्षेत्रीय स्तरमा उच्च र विश्वव्यापी स्तरमा कम मूल्याङ्कन गरेको बताएका छन्।डीआर कङ्गोमा पुष्टि भएका ५१ वटा मामिलाहरू महामारीको केन्द्रविन्दु रहेको पूर्वी इटुरी प्रान्त र उत्तर किवु प्रान्तका हुन्। युगान्डाको राजधानी कम्पालामा पुष्टि भएका दुई बिरामीमध्ये दुवै जना डीआर कङ्गोबाट यात्रा गरेर आएका थिए र तीमध्ये एक जनाको मृत्यु भइसकेको छ।

    डब्लूएचओका प्रमुखले डीआर कङ्गोमा महामारीको दायरा धेरै ठूलो रहेको आफूहरूलाई थाहा भएको भन्दै ज्यान गुमाउनेमा स्वास्थ्यकर्मीहरू पनि रहेकाले यो विशेष चिन्ताको विषय भएको बताएका छन्। स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार केही स्वास्थ्य संस्थाहरू बिरामीले भरिभराउ भएका छन्। व्यक्तिगत सुरक्षा उपकरणहरू आउन थाले पनि आफूहरू अझै पर्याप्त सुरक्षा विना नै काम गरिरहेको उनीहरूको भनाइ छ।मेडेसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) की आपत्कालीन कार्यक्रम प्रबन्धक ट्रिस न्युपोर्टले स्वास्थ्य संस्थाहरूले आफूहरू संदिग्ध बिरामीले भरिएको र कुनै ठाउँ खाली नभएको जानकारी दिइरहेको बताएकी छन्। उनले एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै यसले अहिलेको अवस्था कति भयावह छ भन्ने कुराको दृश्य देखाउने बताएकी छन्।अहिलेसम्म थाहा भएको पहिलो सङ्क्रमित मामिला एक नर्सको हो, जसमा लक्षणहरू देखिएपछि गत अप्रिल २४ मा इटुरीको प्रादेशिक राजधानी बुनियामा उनको मृत्यु भएको थियो। उनको शवलाई मोङ्ग्वालु फर्काइएको थियो, जुन धेरैजसो बिरामीहरू फेला परेका दुईवटा सुन खानी भएका सहरहरूमध्ये एक हो। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend